web analytics

कुलमान गएपछि घाटा बढ्यो, प्राधिकरणले विद्युत् महसुल बढाउने तयारी

काठमाडौं, १९ वैशाख।

नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल वृद्धि गर्ने तयारी थालेको छ। शुक्रबार श्वेतपत्र सार्वजनिक गर्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तीन वर्षदेखि समायोजन नभएको महसुल अब समयानुकूल समायोजन गरिने स्पष्ट पारे।

शाक्यले भनाइ अनुसार, डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता असुली प्रक्रिया प्रचलित विनियमावलीअनुसार अगाडि बढाइनेछ। त्यस्तै, सडकबत्ती, सरकारी कार्यालय तथा अन्य संस्थाका बक्यौता पनि सरकारको सहयोगमा असुल गरिनेछ।

प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको बिदाइसँगै विद्युत् प्राधिकरण फेरि घाटातर्फ उन्मुख भएको चर्चा चलिरहेको छ। घिसिङको कार्यकालमा घाटा न्यून गर्दै प्राधिकरणलाई नाफामा लैजाने सफल प्रयास भएको थियो। तर, उनी हटेपछि प्राधिकरणले पुनः महसुल वृद्धिको तयारी गर्दैछ, जसले आम उपभोक्तामाथि थप भार पार्ने निश्चित देखिन्छ।

प्राधिकरणको पछिल्लो योजना र कार्यशैलीप्रति उपभोक्ता अधिकारकर्मीहरुले पनि चासो व्यक्त गर्न थालेका छन्। ‘विद्युत् महसुल बढाउने निर्णय उपभोक्ताको हित विपरीत हो,’ एक अधिकारकर्मीले टिप्पणी गरे।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.