अखिल नेपाल महिला संघ (क्रान्तिकारी) पुनर्वास नगर कमिटीको दोस्रो नगर सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन
कञ्चनपुर / भदौ १४ ।
नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) पुनर्वास नगर कमिटीको दोस्रो नगर सम्मेलन पुनर्वास–१० विकास बस्तीस्थित रानाथारु कचहरी भवनमा शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता अनेमसं(क्रान्तिकारी) पुनर्वास नगर इञ्चार्ज शोभा सुनारले गर्नुभएको थियो भने प्रमुख अतिथि पूर्व मन्त्री तथा माओवादी नेतृ बिना मगर रहनुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य तथा पूर्व नगर सह–सचिव नैनमती चौधरीले सञ्चालन गर्नुभएको थियो । सोही अवसरमा नगर कार्यसमिति सदस्य कोपिला चौधरीले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
सम्मेलनले नयाँ नगर कमिटी समेत गठन गरेको छ । जसअनुसार
अध्यक्षमा सिता बस्नेत,
उपाध्यक्षमा सुस्मा बि.क., खगिसरा चौहान (सपना) र सुनिता बि.क.,
सचिवमा गोल्मा नेपाली,
कोषाध्यक्षमा सरिता शाही,
सहसचिवमा सुनिता सुनार निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरूमा रिना मगर, भूमिका थिङ, कृष्णमाया बि.क., कलावती चौधरी, कलु धामी, अमृता मगर, दिल कुमारी पौडेल, जुना बि.क., छिद्धो राना र डक्टरी राना चयन भएका छन् ।
सम्मेलनमा पुनर्वास नगरपालिकाका एघारै वडाबाट प्रतिनिधित्व भएको आयोजकले जनाएको छ ।
प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्व मन्त्री तथा नेतृ बिना मगरले देश र समाज परिवर्तनमा महिलाको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्नुभयो । जनयुद्ध र जनआन्दोलनमा महिलाले पुर्याएको योगदानलाई स्मरण गर्दै उहाँले नवनिर्वाचित नगर कमिटीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो ।




Comments are closed.