राष्ट्रिय स्वतन्त्र पार्टीको पुनर्वास नगर सभापतिमा सुरेश गजुरेल चयन
कञ्चनपुर, १८ बैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टीको पुनर्वास नगर अध्यक्षमा सुरेश गजुरेल चयन भएका छन । सोमबार पुनर्वास ३ स्थित पूर्णलक्ष्मी चलचित्र मन्दिरमा बसेको नगर भेलाले गजुरेलको नेतृत्वमा एघार सदस्यीय राष्ट्रिय स्वतन्त्र पार्टी पुनर्वास नगर कमिटी चयन गरेको हो ।
त्यसैगरी उपसभापतिमा नरेश बहादुर चन्द, कोषाध्यक्षमा कृष्णकान्त पौडेल, सचिवमा तेज बहादुर चन्द, सहसचिवमा रुपा जैसी अर्याल चयन भएका छ्न । सदस्यमा सोना मिजार, ईन्द्र विश्वकर्मा, कृष्ण नाथ, चेतनाथ खतिवडा, सुरेन्द्र पौडेल, गम्भीर बहादुर खडका लगायतका व्यक्तिहरु चयन भएका छ्न ।
त्यस अवसरमा कञ्चनपुर जिल्ला संयोजक पदम बहादुर विष्ट, सुदुरपश्चिम प्रदेश ईञ्चार्ज ज्ञानेन्द्र महता तथा प्रदेश सदस्य हुमा परियारको उपस्थिति रहेको थियोे ।
Comments are closed.