web analytics

विज्ञान सामग्री निर्माण र प्रदर्शन ” खुल्ला प्रतियोगिता मा बढैयाताल-८, तिल्काना, बर्दिया का प्रान्जल ज्ञवाली प्रथम !

 

कृष्ण बहादुर बुढा

भदौ ६

बर्दिया /बिज्ञान शिक्षक समाज नेपाल, STAN र UNESCO का लागि नेपाल राष्ट्रिय आयोगको सचिवालय बिच सम्झौता भए बमोजिम प्राबिधिक रुपमा STAN द्वारा आयोजित आर्थिक वर्ष २०७७/७८ को लागि बिद्यालय स्तरीय STN – UNESCO बिज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०२१ सम्पन्न भएको छ | परोपकार माद्यामिक बिद्यालय, काठमाडौंको ICT कक्षमा आयोजित अन्तिम प्रतिस्पर्धामा सातै प्रदेशबाट छनौट भइ आएका १४ जना प्रतिस्पर्धी बिद्यार्थीहरुले बैकल्पिक माध्यमबाट आ-आफ्नो बिज्ञान प्रतिभा युक्त परियोजना प्रस्तुत गरेका थिए | १४ जना प्रतिस्पर्धि लाई पछि पार्दै बर्दिया का प्रान्जल ज्ञवालि प्रथम भए ।


बिद्यार्थीले निर्माण गरेका परियोजनाको मुल्यांकन नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान NAST का बरिष्ठ बैज्ञानिक तथा प्रवक्ता डा. सुरेश कुमार ढुंगेलको विशेष भौतिक उपस्थितमा पाँच सदस्यीय बिज्ञ मुल्यांकन समितिबाट भएको थियो ।


UNESCO Nepal सचिवालयका सहायक महासचिव डा. बाबुराम अधिकारि प्रमुख अतिथि, नास्ट प्राज्ञ तथा UNESCO विज्ञान समिती संयोजक प्रा. डा. रमेश मास्के, त्रि.वि. प्रा. डा. रामेश्वर अधिकारी तथा सचिवालय सचिव युबराज पौडेल विशेष अतिथिहरू रहेको कार्यक्रममा देशै भरिबाट करीब १०० भन्दा बढी बिज्ञान शिक्षक र बिद्यार्थीहरु सहभागी थिए भने प्रत्यक्ष रुपमा १५ जना STAN पदाधिकारी तथा बिज्ञ ICT कक्षमा सहभागी थिए| कार्यक्रमको सभापतित्व STAN अध्यक्ष खिल कुमार प्रधानद्वारा गरिएको थियो | STAN सचिव तथा कार्यक्रमका सदस्य सचिव मनोज आचार्यद्वारा संचालित कार्यक्रम STAN प्रवक्ता डम्वरु प्रसाद पोखरेलद्वारा संयोजन गरिएको थियो |


अन्तराष्ट्रियकरण गर्न आयोजित कार्यक्रममा पहिलो चरणमा सातै प्रदेशमा छुट्टा छुट्टै प्रतिस्पर्था गराई प्रत्येक प्रदेशबाट २/२ जनाका दरले केन्द्रिय प्रतिस्पर्धाका लागि १४ जना बिद्यार्थी छनौट गरिएको थियो | अन्तिम प्रतिस्पर्धाबाट श्री भगवती मा बि,बर्दियाका प्रान्जल ज्ञवाली प्रथम भएका छन , श्री होराइजन मा बि, कपिलबस्तुका अनुसन्धान पोखरेल द्वितीय,श्री आदर्श मा बि, बिराट नगरका श्रेता पोखरेल तृतीय र श्री पद्मकन्या मा बि,काठमाडौंका स्वीकृति बास्तोला चतुर्थ हुनुभएको छ| उत्कृष्ठ भएका विद्यार्थीहरुलाई आगामी असोज -१ गते राष्ट्रिय बिज्ञान दिवसको दिन प्रमाण पत्र र सम्मानका साथ नगद पुरस्कार क्रमश: १०,०००/-, ८,०००/-, ६,०००/- र ४,०००/- प्रदान गरिने कुरा STAN र UNESCO NEPAL
STAN र UNESCO Nepal राष्ट्रिय आयोगको सचिवालय जनाएको छ ।

सचिवालयद्वारा आयोजित यस कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु हुने बिद्यालय बिज्ञान सरोकारवाला बिज्ञान शिक्षक,शिक्षा कर्मी, अभियन्ता, पत्रकार,बिद्यार्थी तथा नेपालका बैज्ञानिक समुदाय प्रति STAN केन्द्र हार्दिक आभार व्यक्त गरेको छ |

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.