आजको राशिफल/आज मिति २०७७ चैत १४ गतेको राशिफल हेर्नुहोस् कस्तो रहला तपाईको दिन

आज मिति २०७७ साल चैत महिनाको १४ गते शनिबार, ई. सं. २०२१ मार्च २७ हेर्नुहोस् तपाईहरूको राशिफलअनुसारको भाग्यफल यस प्रकार रहेको छ।
मेष– चू,चे,चो,ला,लि,लू,ले,लो,अ : प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेको छ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले समयमा नै काम सम्पन्न हुनेछन् । जागिरमा बढुवा, प्रशंसा र पुरस्कार पाईने योग रहेको छ । घरायसी काममा समय र धन खर्च हुनेछ ।
बृष – ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो : आफन्त, मावली र मित्रवर्गको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । बन्द व्यापार र साझेदारी व्यावसायबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ ।
मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा : मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । व्यवसायमा भनेजस्तो आम्दानि नहुँने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् ।
सिंह – मा,मी,मू,मे,मो,टा,टी,टू,टे :अभिभावक,विशिष्ट व्याक्ती तथा दाजुभाईको सहयोगले राम्रा तथा उत्पादनमुखी काम गर्न सकिने छ । आफ्नै सवारी साधनमा छोटो दुरिको यात्राको प्रसस्त सम्भावना रहेको छ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
कन्या – टो,पा,पी,पू,ष,ण,ठ,पे,पो : धन भावमा रहेको कमजोर चन्द्रमाले विवाद र झगडामा पछि हट्नु नै राम्रो हुनेछ । नयाँ कामको लागी समय मध्ययम रहेको छ । कामको दायित्व क्रमशः बढ्दै जानेछ । घरपरिवार तथा कुटुम्बसँग सामान्य मनमुटाब बढ्ने योग रहेकोछ ।
तुला – रा,री,रु,रे,रो,ता,ती,तू,ते : तपाईँको चुम्बकिय ब्यात्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुनेछन् । पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने छ ।
बृश्चिक – तो,ना,नी,नू,ने,नो,या,यी,यू : स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । आफन्त तथा अग्रजहरुको सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । विदेशमा उत्पादिन सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
धनु – ये,यो,भा,भी,भू,ध,फा,ढा,भे : आर्थिक रुपमा सवल हुनका लागी थालिएका कामहरुबाट मनग्गे लाभ हुनेछ । पैत्रिक तथा सरकारी धन सम्पति लाभ हुने योग रहेको छ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने आफन्तहरुसँगको सम्बन्धमा प्रगाडता थपिनेछ ।
मकर – भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी : हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध काममा कुनै ठोस परिणाम देखा पर्नेछन् । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउनेछ ।
कुम्भ – गू,गे,गो,सा,सी,सू,से,सो,दा : तर्क, विवाद र बहसमा विजयी भइनेछ । आशा गरेअनुरूप सहयोगी जुट्ने छन् । गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।
मीन – दी,दू,थ,झ,ञ,दे,दो,चा,ची : समय तथा परिस्थिती अनुशार नचल्नाले दुःख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला ।
राशिफलमा जे जस्तो भए पनि आज तपाईको दिन शुभ रहोस् ।
Comments are closed.