web analytics

शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएकोमा सबैलाई धन्यवाद : तारालामा तामाङ, प्रतिनिधिसभा, एमाले उम्मेदवार

कञ्चनपुर क्षेत्र नम्बर एकका लागि एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार तारालामा तामाङले शान्तिपूर्ण मतदान भएको प्रति सबैमा धन्यवाद व्यक्त गरेका छन ।
क्षेत्र नम्बर एक अन्तर्गत ४ वटा पालिका पर्छन । यसमा पुनर्वास नगरपालिका र बेलौरी नगरपालिका छनभने बेलडाँडी गाउँपालिका र लालझाडी गाउँ पालिका रहेका छन ।

फेसबुकमा पोष्ट गरिएको

प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा सफलतापूर्वक सम्पन्न भएको छ । आमनिर्वाचनको यो महाअभियानमा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भूमिका खेल्ने सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र मतदानमा सहभागी भएर सहयोग गर्नुहुने जनसमुदाय र पार्टी पंक्तिलाई हार्दिक धन्यवाद दिन चाहन्छु । आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । यसले आगामी पाँच वर्षमा मुलुकलाई नयाँ नेतृत्व दिनेछ । आफ्नो अमुल्य मतदानमार्फत आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चुन्ने आदरणीय मतदाताहरुलाई पुनः हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
तारा लामा तामाङ
प्रतिनिधिसभा सदस्य उम्मेदवार
कन्चनपुर क्षेत्र नम्बर-१
नेकपा एमाले

कञ्चनपुरमा ६२ दशमलव ४४ प्रतिशत मत खसेको छ । आईतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ६२ दशमलव ४४ खसेको मुख्य निर्वाचन अधिकृत धु्रव शाहले जानकारी दिए ।
अहिले मतपेटिका संकलन गर्ने काम भइरहेको उनले बताए । मतपेटीका संकलन भइसकेपछि सर्वदलीय बैठक बस्ने र मतगणनावारे टुंगो लाग्ने छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधि सभाका तीन क्षेत्र रहेको कञ्चनपुरमा कूल तीन लाख २ हजार ५०९ मतदाता रहेका छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.