web analytics

माध्यमिक विद्यालय हाँक्दै ‘काफ्ले गुरूआमा

गरिबीकै कारण बालबालिका विद्यालयसम्म आउन संघर्ष गर्नुपरेको देख्दा उनी खिन्न हुँदै ‘हेडमिस’ काफ्ले भन्छिन्, ‘निम्न आर्थिक अवस्थाका बालबालिकालाई पढाउन विद्यालयलाई सुविधा सम्पन्न बनाउने मन छ ।’

मङ्सिर २७

बर्दिया /विद्यालय प्राङ्गण हराभरा छ, पुलका विरुवा रोपिएका छन् । विद्यालय वरिपरि घाँस उम्रिएको छ । चिरिच्याट्ट परेको विद्यालय परिसर । पढ्ने विद्यार्थी र पढाउने शिक्षक सबै । आकर्षक विद्यालय भवन, ड्रेससहित लाइनमा लागेर चिरिच्याट्ट परेका विद्यार्थी । यो दृष्य बर्दियाको बाँसगढी नगरपालिका–३ स्थित पृथ्वी माध्यमिक विद्यालयको हो । जहाँ प्रधानाध्यापकको पढाउने र नैतिक शिक्षा सिकाउने तरिकै बेग्लै छ।

महिलालाई जहाँतहीँ नेतृत्व गर्न सजिलो नभएको उनको अनुभव छ । शिक्षा क्षेत्रमा अझै जटिल छ । ‘विद्यालय र घर, विद्यार्थी र छोराछोरीमा उस्तै जिम्मेवारी बोध गर्छु,’ काफ्ले भन्छिन् ।

सामुदायिक विद्यालय भएकाले यहाँको व्यवस्थापकीय चुनौती जटिल छ । प्रधानाध्यापक महिला भएकै कारणले विद्यालयको वातावरण मातृत्वमैत्री छ । विद्यार्थीकी ‘काफ्ले गुरूआमा’ तुलसी काफ्लेले प्रधानाध्यापक भएर माध्यामिक विद्यालय हाँकेकी छन् । विद्यालयमा विद्यार्थीको अनुसासन र शिक्षण सिकाईमा ‘मिहिन’ ढंगले अधि बढ्ने काफ्लेको शैलीले विद्यालयमा धेरै सुधार आएको छ ।

विद्यालयमा हुने आवेग र संवेगलाई नियन्त्रण गर्न महिला नेतृत्व सक्षम हुन्छन् भन्ने महसुस उनी गर्छिन् । गरिबीकै कारण बालबालिका विद्यालयसम्म आउन संघर्ष गर्नुपरेको देख्दा उनी खिन्न हुँदै प्रधानाध्यापक काफ्ले भन्छिन्, ‘निम्न आर्थिक अवस्थाका बालबालिकालाई पढाउन विद्यालयलाई सुविधा सम्पन्न बनाउने मन छ ।’ अनलाइन कक्षा र स्मार्ट शिक्षा प्रणाली लागू गराउने प्रधानाध्यापक काफ्लेको योजना हो ।

विद्यालय आफैं गरिब हुँदाहुँदै उनी हिम्मत र अठोटका साथ उनी विद्यालयको सुधारमा लागिरहेकी छन् । २०७२ सालदेखि शिक्षण पेसामा आबद्ध काफ्लेले छोटो समय र कम उमेरमै प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न पुगिन् । प्रधानाध्यापकको जिम्मेवारी पाउँदा उनी २८ बर्षकी थिइन् । २०७४ साल मंसिरदेखि पृथ्वी माविमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेकी प्रधानाध्यापक काफ्ले विद्यालयको चौतर्फी विकासका लागि लागिपरेकी छन् ।

२०४६ जेठ २९ गते बर्दियाकै बाँसगढी नगरपालिका–७ मा बुवा भोलानाथ र आमा विष्णुको कोखबाट पहिलो सन्तानको रुपमा जन्मिएकी उनको बाल्यकाल खासै सुखसयल थिएन । २०५२ सालमा भृकुटी माध्यमिक विद्यालयमा करिब दुई किलोमिटर हिँडेरै विद्यालय जाने गरेको सम्झँदै प्रधानाध्यापक काफ्ले भन्छिन्, ‘अहिलेको जस्तो अवस्था थिएन । अहिले त धेरै सुविधा छ । नयाँ–नयाँ प्रविधिको विकासले पढाईमा सहज ल्याइएको छ ।’

घरको जेठो सन्तानको जेठो सन्तानको भूमिका निर्वाह गर्दै दुई भाईको हेरचाहको जिम्मेवारीसँगै २०६२ सालमा एसएलसी उत्तीर्ण गरेकी उनले त्रिभुवन माध्यामिक विद्यालय ककौराबाट १२ कक्षा पास गरिन् । त्यस्तै बाँकेको कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा स्नातक र स्नातकोत्तर अध्ययन गरेकी प्रधानाध्यापक काफ्ले विभिन्न कठिनाईसँग जुध्दै २०७२ सालमा शिक्षक सेवा आयोगको परिक्षा पास गरेर शिक्षण पेशामा जोडिइन् ।

पहिलो पटक दैलेख जिल्लाको नौमुले गाउँपालिकास्थित भैरव माध्यमिक विद्यालयमा स्थायी जागिरेको रुपमा शिक्षण सुरु गरेको स्मरण गर्दै प्रधानाध्यापक काफ्ले भनिन्, ‘तीन बर्षको दुधे बालकलाई घरमै छाडेर दैलेख पुग्दा निकै पीडा बोध भएको थियो । तर आफ्नो र सन्तानको भविष्यका लागि पनि मैले दुख गर्नै पर्थ्यो । पीडालाई भुल्दै केही समय मैले त्यही विद्यालयमा असल शिक्षिकाको भूमिका निर्वाह गर्दै आफ्नो कर्ममा लागिरहे ।’

‘मेरो लागि घर, परिवार, बालबच्चाको जिम्मेवारीलाई यथावत राखेर पदीय जिम्मेवारी निभाउन सजिलो त पक्कै छैन । तर सबैखाले चुनौतिहरुको सामना गर्दै आफुले पाएको जिम्मेवारीलाई कुसलतापूर्वक निर्वाह गरिरहेकै छु,’ उनले भनिन् ।

केही समयमै दैलेखको जागिरे जीवनलाई छोट्याउँदै बर्दियाकै गेरुवा गाँउपालिकास्थित पशुपति माध्यमिक विद्यालयमा सरुवा भएर आएको काफ्लेले बताइन् । त्यहाँ उनी छोटो समयमात्रै कार्यरत रहिन् । त्यहाँबाट उनी बर्दियाकै बाँसगढीको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत थिइन् । २०७४ सालमा नगरपालिकाको शिक्षक दरबन्दी मिलानमा लालीगुँरास माध्यमिक विद्यालय माछागढमा प्रधानाध्यापकको रुपमा सरुवा गरियो ।

करिब दुई बर्ष त्यहाँ कार्यरत उनी २०७६ साल मंसिरदेखि बाँसगढी नगरपालिका–३ स्थित पृथ्वी माध्यमिक विद्यालय लखनाको प्रधानाध्यापक जिम्मेवारी सम्हालेकी उनी दुई बर्षमै विद्यालयको प्रशासनीक तथा शैक्षिक गुणस्तर सुधारमा लागिपरेकी छन् । कक्षा १ देखि १० सम्म ३७५ विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा १८ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको प्रधानाध्यापक काफ्ले बताउँछिन् ।

विद्यालयमा स–साना कुरालाई सुधार्न सकेसम्म आफैं अघि सर्ने प्रधानाध्यापक काफ्लेका अनुसार विद्यालयमा शिक्षक दरबन्दीमा प्रावि स्थायी ५ जना, राहत १ जना, निमावि स्थायी १ जना, राहत १ जना, नगर अनुदान २ जना, मावि स्थायी नगर अनुदान ३ जना, बालविकास २ जना, लेखापाल १ जना र कार्यालय सहयोगी १ जना गरी जम्मा १८ जना शिक्षक कर्मचारी कार्यरत छन् । जसमा ८ महिला र १० पुरुष छन् ।

‘म यस विद्यालयमा प्रधानाध्यापक भएर आएपछि अभिभावक र विद्यालयका शिक्षक तथा कर्मचारीले विद्यालयको शैक्षिक र भौतिक सुधारमा परिवर्तनको महसुस गर्नुभएको छ । भौतिक र शैक्षिक गुणस्तरमा नगरपालिकाकै सबैभन्दा कमजोर रहेको विद्यालयमा अहिले विद्यालय व्यवस्थापन समिति, नगरपालिका, प्रदेश, संघ, शिक्षक तथा कर्मचारी सबैको सहयोगले विद्यालयको मुहार नै फेरिएको छ,’ विद्यालयकी प्रधानाध्यापक काफ्ले भन्छिन् ।

उनले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर लागिपर्ने बताउँदै पदीय दायित्व र जिम्मेवारी वहन गर्दा र व्यवहारिक भूमिका निभाउँदा निकै फरक हुने अनुभव सुनाइन् । ‘मेरो लागि घर, परिवार, बालबच्चाको जिम्मेवारीलाई यथावत राखेर पदीय जिम्मेवारी निभाउन सजिलो त पक्कै छैन । तर सबैखाले चुनौतिहरुको सामना गर्दै आफुले पाएको जिम्मेवारीलाई कुसलतापूर्वक निर्वाह गरिरहेकै छु,’ प्रधानाध्यापक काफ्लेले भनिन् ।

महिला भएकै कारण आफ्नो जिम्मेवारी बहन गर्दा महिला त हो के नै गर्ला र भन्नेजस्ता अपमानपूर्ण व्यवहार पनि झेलेको उनले बताइन् । प्रधानाध्यापक काफ्लेले भनिन्, ‘घर परिवार, साथीभाई, शिक्षक तथा कर्मचारी सबैको सहयोगले असहजिलोलाई सजिलो बनाउँदै आफनो कर्तव्य र जिम्मेवारी निभाएकी छु । असहजताभित्र सहजता खोज्दै आफ्नो पदीय दायित्व र जिम्मेवारीलाई निखार्दै अघि बढिरहेकी छु ।’

महिलालाई जहाँतहीँ नेतृत्व गर्न सजिलो नभएको उनको अनुभव छ । शिक्षा क्षेत्रमा अझै जटिल छ । ‘विद्यालय र घर, विद्यार्थी र छोराछोरीमा उस्तै जिम्मेवारी बोध गर्छु,’ प्रधानाध्यापक काफ्ले भन्छिन् । महिलालाई स्कूलको नेतृत्वमा आउँदा अझै पनि निकै चुनौति रहेको उनको बुझाई छ । महिलाहरूको क्षमताको विकासको सन्दर्भलाई अहिले पनि छायाँमा पारिन्छ । जिम्मेवारी पाएपछि महिलाले पनि हरेक क्षेत्रमा नेतृत्व गर्न सक्ने उनको दावी छ ।

Facebook Comments
Below Article Content Ads

Comments are closed.