नेपाली काङ्ग्रेसको सभापतिमा पुन: देउवा निर्वाचित
काठमाडौं/२९ मङ्सिर
नेपाली काङ्ग्रेसको सभापतिमा पुन: शेर बहादुर देउवा निर्वाचित भएका छन ।८७८ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि कांग्रेसको सभापतिमा विजयी भएका हुन्।
सभापति चुन्नका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा देउवाले २७३३ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी कोइरालाले १८५५ मत प्राप्त गरे।
सोमबार भएको पहिलो चरणको निर्वाचनमा सभापति पदका ५ जना प्रत्यासीमध्यै कसैले पनि खसेको कूल मतमध्ये ५० प्रतिशत मत कटाउन नसकेपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो।
कांग्रेसका कूल ४७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये मंगलबार सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानमा ४६२३ जनाले मतदान गरेका थिए।
सोमबार भएको पहिलो चरणको निर्वाचनमा पार्टी सभापतिका लागि ५ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।



Comments are closed.