web analytics

खप्तडमा बढे पर्यटक

धनगढी । माघमा तीन फिटसम्म हिउँ परेको खप्तडमा यस पाला भने कतै कतै पाँच फिटभन्दा बढी हिउँ जमेको देख्न सकिन्छ । मंगलबार र बुधबार मौसम सफा भए पनि बिहीबार साँझबाट पुनः बदली भएर खप्तडमा हिमपात हुन थालेको छ । हिमपातपछि यहाँका पाटनहरु सेताम्मे भएका छन् । हिउँ फुलेका रुखहरुले यहाँका जंगलहरु सिंगारिएका छन् । छिनछिनमा घाम लाग्ने र हिमपात हुनेक्रम चलिरहेको छ ।

घामपानी पर्दा देखिने सप्तरंगी इन्द्रेणीको मनमोहक दृश्य र बादल तथा घामको लुकामारी हेर्न लायक छ । माघको तुलनामा तापक्रम बढेका कारण यहाँ जमेका ताल र खोलाहरु पग्लिए पनि हिउँ थपिने क्रम भने जारी छ । माघको महिना रातमा यहाँको तापक्रम माइनस १० डिग्रीसम्म पुग्ने गरेकोमा अहिले मध्यरातमा माइनस पाँच डिग्रीभन्दा कम छ । तापक्रम बढेसँगै खप्तडमा हिउँ खेल्ने आउनेहरुको संख्या पनि बढ्न थालेको छ ।

माघको महिना सात जनामात्रै पर्यटक पुगेको खप्तडमा फागुनमा भने यो संख्या निकै वृद्धि भएको खप्तड राष्ट्रिय निकुञ्जका ग्याम स्काउट व्यापक रावलले बताए । ‘चारवटै जिल्लाबाट पर्यटकहरु आइरहेका छन् । कुन जिल्लाबाट कति आए भन्ने अर्को महिनामात्रै थाहा हुन्छ,’ उनले भने, ‘माघको भन्दा अहिले जाडो घटेर पनि होला । हिउँ खेल्न आउनेहरु बढिरहेका छन् ।’ उनले काठमाडौं, विराटनगर, पर्वत, रुपन्देही, हेटौंडा लगायतका जिल्लाबाट पर्यटकहरु यहाँ पुगेको बताए ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.