web analytics

साओमीका यी २७ स्मार्टफोन, जसमा आउँदैछ मियूआई १२.५ अपडेट

काठमाडौं । साओमीले गत महिना मि इलाभेन स्मार्टफोन सिरिजिसँगै मियूआई १२.५ ओएस सार्वजनिक गरेको थियो । नयाँ मियूआई १२.५ मा नयाँ प्राइभेसी सुधार, राम्रो सिस्टम म्यानेजमेन्ट, एप अप्टिमाइजेसन आदि रहेका छन् ।

यसैबीच साओमीले मियूआई १२.५ अपडेट रोलआउट हुने स्मार्टफोनको सूची सार्वजनिक गरेको छ । साओमीले २७ वटा स्मार्टफोनको सूची जारी गर्दै मियूआई १२.५ बेटा अपडेट चीनका प्रयोगकर्ताका लागि रिलिज हुने जनाएको छ ।

त्यस लगत्तै नेपाल लगायत विश्वभरका प्रयोगकर्ताका लागि यो अपडेट रोलआउट गरिने बताइएको छ । मियूआई १२.५ को स्टेबल भर्सन आउँदो अप्रिलमा रोलआउट गरिनेछ ।

नयाँ मियूआई १२.५ मा फास्ट जेस्चर कन्ट्रोल, रेन्डरिङ तथा स्पिड पर्फर्मेन्सका लागि कस्टमाइज डिभाइस मोडल एडजस्टमेन्ट जस्ता विशेषता रहेका छन् । यो नयाँ सफ्टवेयर अपडेटका साथ नयाँ फिचर मियूआई प्लस समेत उपलब्ध हुनेछ ।

जसमार्फत प्रयोगकर्ताले विण्डोज कम्प्युटरमा आफ्नो फोनलाई मिरर गर्न सक्नेछन् । साओमीले आईओए १४ प्राइभेसी फिचरलाई समेत मियूआई १२.५ मा समावेश गरेको छ ।

यो फिचरमा तपाईंले कुनै पनि टेक्स्ट कपनी गर्ने वित्तिकै एउटा एपमार्फत क्लिपबोर्ड एक्सेस गर्नका लागि नोटिफिकेसन आउनेछ । यसबाहेक मियूआई १२.५ ले तपाईंको सटिक लोकेसन पठाउनुको साटो कोर्ष लोकेसन पठाउनेछ ।
यो त्यस्ता एपका लागि उपयोगी हुनेछ, जसमा सेवा लिनका लागि लागि तपाईंको निश्चित लोकेसनको आवश्यकता पर्दछ ।
यस्ता छन् मियूआई अपडेट प्राप्त हुने स्मार्टफोन

साओमी मि इलाभेन (Xiaomi Mi 11)

साओमी मि टेन (Xiaomi Mi 10)

साओमी मि टेन प्रो (Xiaomi Mi 10 Pro)

साओमी मि टेन अल्ट्रा (Xiaomi Mi 10 Ultra)

साओमी मि टेन युथ (Xiaomi Mi 10 Youth)

साओमी मि नाइन एसई (Xiaomi Mi 9 SE)

साओमी मि नाइन (Xiaomi Mi 9)

साओमी मि नाइन एक्सप्लोरर (Xiaomi Mi 9 Explorer)

साओमी मि नाइन प्रो फाइभजी (Xiaomi Mi 9 Pro 5G)

साओमी मि सीसी नाइन (Xiaomi Mi CC9)

साओमी सीसी नाइन प्रो (Xiaomi Mi CC9 Pro)

साओमी सीसी नाइन ई (Xiaomi CC9e)

साओमी रेड्मी के थर्टी प्रो (Xiaomi Redmi K30 Pro)

साओमी रेड्मी के थर्टी फाइभजी (Xiaomi Redmi K30 5G)

साओमी रेड्मी के थर्टी एस (Xiaomi Redmi K30S)

साओमी रेड्मी के थर्टी रेसिङ (Xiaomi Redmi K30 Racing)

साओमी रेड्मी के थर्टी आई फाइभजी (Xiaomi Redmi K30i 5G)

साओमी रेड्मी के थर्टी (Xiaomi Redmi K30)

साओमी रेड्मी के ट्वान्टी प्रो (Xiaomi Redmi K20 Pro)

साओमी रेड्मी के ट्वान्टी (Xiaomi Redmi K20)

साओमी रेड्मी टेन एक्स फाइभजी (Xiaomi Redmi 10X 5G)

साओमी रेड्मी टेन एक्स प्रो (Xiaomi Redmi 10X Pro)

साओमी रेड्मी नोट नाइन (Xiaomi Redmi Note 9)

साओमी रेड्मी नोट नाइन प्रो (Xiaomi Redmi Note 9 Pro)

साओमी रेड्मी नोट एट (Xiaomi Redmi Note 8)

साओमी रेड्मी नोट सेभेन प्रो (Xiaomi Redmi Note 7 Pro)

साओमी रेड्मी नोट सेभेन (Xiaomi Redmi Note 7)

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.