web analytics

आजको २०७७ साल चैत ९ गतेको दैनिक राशिफल

वि.सं.२०७७ साल चैत्र ०९ गते । सोमबार । ईश्वी सन् २०२१ मार्च २२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुन शुक्लपक्ष । तिथि–नवमी,५९ घडी १९ पला, रातको ०५ बजेर ५० मिनेट उप्रान्त दशमी । नक्षत्र–आद्र्रा,२९ घडी ०५ पला,बेलुकी ०५ बजेर ४६ मिनेट उप्रान्त पुनर्वशु । योग–सौभाग्य,०९ घडी ०३ पला,बिहान ०९ बजेर ४५ मिनेट उप्रान्त शोभन । करण– बालव,बेलुकी ०५ बजेर २७ मिनेट उप्रान्त कौलव,रातको ०५ बजेर ५० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–काल योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १५ मिनेट । दिनमान ३० घडी १८ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दाजुभाई तथा छिमेकिबाट तपाईँले सुरु गर्नुभएको कामको उच्च मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउन सकिनेछ भने छोटो तथा रमाईलो व्यावसायिक यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउदा मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा भनेजस्तो सफलता हात लाग्नेछ । लेखन शैलीको विकास हुनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समाजमा राम्रा काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । पारिवारिक माहोलामा जभघट भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा थोरै लगानि गर्दा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ भने जीवन साथिको सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ अरुभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बिशिष्ट व्याक्तिहरुको भेटघाटले नयाँ योजनाहरु बनाउन सहयोग पुग्नेछ । रोकिएर बसेका तथा पुराना कामहरु हल भएर जाने योग रहेकोछ । बिलाशि तथा सुन्दर बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुका लागि समय उत्तम रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समय मध्ययम रहेकोले सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने योग रहेकोछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । ठूलो योजनहरु केहि समयको लागी थाती राख्नुनै उचित हुनेछ । काम वा अध्ययनको सवालमा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ भने खर्च पनि बढ्ने योग रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आम्दानिका बाटाहरु एक्कासि रोकिदा दैनिक काम प्रभावित हुनेछ । अनावस्यक ठाउँमा खर्च बढ्ने तथा उपलब्धी बिहिन काममा समय बित्नेछ । अल्छि गर्नाले पढाइ लेखाइ प्रभावित हुने तथा अरुभन्दा पछि परिनेछ । पैत्रिक धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाबस्यक विवाद हुन सक्छ । व्यापार व्यावसायमा लगानि गर्दै हुनुहुन्छ भने केहि समय पर्ख र हेरको रणनीति अपनाउनु होला । माया प्रेममा अविस्वास सिर्जना हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आट तथा पराक्रम गरी काम गर्नाले सफल हुने समय रहेकोछ । दिगो वा दिर्घकालिन काम प्रारम्भ गर्न सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्ने तथा राजनीतिमा लाग्नेहरुले पद पाउने योग रहेकोछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । समाजमा राम्रा काम गर्न सकिने हुनाले मान–सम्मानमा बृद्धि हुनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
हाँसखेल र मनोरञ्जनका लागि समय उत्तम रहेकोछ । असन्तुष्टि समाप्त हुनेछन् भने अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय भई समुदायको हितमा काम गर्न सकिनेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा मन जानेछ । छोटो दुरिको धार्मिक यात्राको प्रशस्त सम्भावन रहेकोछ । धर्म, दर्शन र अध्यात्मतर्फ मन आकर्षण हुनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पहिलेका गरेका काम पुनह गर्नुपर्दा अलमल बढ्न सक्छ ध्यान दिनुहोला । एउटै कामका लागी धेरै समय दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्दा मन खिन्न हुनेछ । समयले बिभिन्न चुनौति निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तु समेत गुम्ने खतरा रहेकोछ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला हुनेछ । स्वास्थ्यका लागी व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनुहोला । आफन्त तथा चेलिहरुसँग विवाद बढ्ने योग रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
माया प्रेममा एका अर्कालाई अबिश्वास गर्नाले मनमुटाव बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा दैनिक काम प्रभावित हुनेछन् । व्यावसायिक यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । साझेदारि व्यावसायमा साझेदार बीच मनमुटाव बढ्नेछ भने घर परिवारमा आफन्तसँग राय बाजिनेछ । पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बन्द व्यापार फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानी गरी धन आर्जन गर्न सकिनेछ । पुराना नउठेका रकमहरु उठ्ने तथा लामो समय देखि देखिएका स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने अबिश्वासहरु चिर्दै रमाउन पाउदा मन प्रशन्न हुनेछ । बिवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सन्ततिका क्रियाकलापमा मन प्रशन्न रहनेछ भने वंश बृद्धिको गतिलो योग रहेकोछ । जानकार व्यक्ति वा गुरुजनको सहयोगले आत्मबल बढ्ने तथा छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । बन्दव्यापारबाट प्रशस्त लाभ हुनेछ भने दैनिक उपभोग्य सामानको कारोबारबाट नाँफा कमाउन सकिनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनेछ । भौतिक सम्पती तथा विलाशी सामान उपाहारको रुपमा प्राप्त हुने योग रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
तपाईँले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुका लागी भने समय उत्तम रहेकोछ ।
तपार्ईँको दिन शुभ रहोस् ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.