चार नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय

काठमाडौं, चैत ७
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको ‘केन्द्रीय कमिटी’ बैठकले चार* नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बहिस्कारका बीच बालुवाटारमा बसेको बैठकले नेता नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरुमाथि पार्टी हितविरुद्ध काम गरेको तथा पार्टी नेतृत्व र सरकारलाई बद्नाम गराउन गुटगत भेला गरेको आरोप छ ।
सुरुमा केन्द्रीय सदस्य रामकुमारी झाक्री*लाई पनि स्पष्टीकरण सोध्ने भनिएको थियो । केन्द्रीय सदस्यहरुले अष्टलक्ष्मी शाक्यलाई पनि कारबाही गर्नुपर्ने माग गरेका थिए । तर हाइट नपुगेको भन्दै अध्यक्ष ओलीले शाक्य र झाँकीलाई स्पष्टीकरण नसोध्ने बताएको एक केन्द्रीय सदस्यले बताए ।
बालुवाटार बैठकले समानान्तर रुपले जनसंगठन बनाउने सबैलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ ।
Comments are closed.