web analytics

४० वर्ष भारतमा जेल-जीवन बिताएका दुर्गाप्रसाद भन्छन्- ‘नेपाल गएर बिहे गर्छु’

 

काठमाडौं, ७ चैत । भारतको कोलकोताको दमदम कारागारबाट रिहाइ भएका दुर्गाप्रसाद तिम्सिनाले नेपाल आएर बिहे गर्ने प्रतिकृया दिएका छन् । ४० वर्ष जेल बसेर उनी शनिबार कोलकताको दमदम कारागारबाट छुटेका हुन् ।
कारागारबाट छुट्नुभन्दा एकदिन अघि शुक्रबार काउन्सिलिङको क्रममा तिम्सिनाले नेपाल फर्किएपछि बिहे गर्ने प्रतिकृया दिएको कोलकोतास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । तर शनिबार जेलबाट निस्किने क्रममा भने उनले कुनै प्रतिकृया नदिएको बताइएको छ । उनलाई वकिल तथा आफन्तहरुले माला लगाएर स्वागत गरेको बताइएको छ ।
इलाम माई नगरपालिका १० स्थायी घर भएका तिम्सिना ४० बर्ष अघि दार्जिलिङमा हत्या आरोपमा थुनामा परेका थिए । उनी १९ वर्षकाे हुँदा त्याे समय मंगलबारे बजारमा तोरी बेच्न भन्दै घरबाट निस्किएका थिए । तर तोरी बेचेको रकम लिएर उनी भारत दार्जिलिङ पुगेका थिए । उनलाई हत्या आरोप लागेपछि कारागार चलान भएका थिए । उता परिवारले भने द्वन्द्वकालमा मारिएको ठानेका थिए ।
जेल परेपछि उनको पक्षमा निवेदन दिने कोही नभएपछि उनलाई विभिन्न कारागारमा सारिएको थियो । दार्जिलिङमा रहँदा आगालागीमा परेर उनको कागजजात पनि जेलेकोले गर्दा उनलाई जेलबाट निकाल्ने आधारहरु रहेका थिएनन् । उनी आफ्नो कागजजात जलेको र जेलपरेपछि मानसिक रुपमा पनि कमजोर बनेका थिए । त्यसपछि उनलाई अदालती ट्रायलका लागि मानसिक रुपमा स्वस्थ नभएको बताइएको थियो ।
पछिल्लो १० बर्षयता दमदम कारागारमै रहेका देखेका एक कैदीले उनका बारे चासो राखेका थिए । त्यसपछि उनी ४० बर्षदेखि कारागारमै रहेको खुलेपछि उनको सुनुवाई प्रयास भएको थियो । उनलाई १० बर्ष देखि उही कारागारमा देख्ने साथीले वेष्ट बंगलका संचारमाध्यमहरुमा समेत सुचना दिएका थिए । त्यसपछि दुर्गाप्रसादका आफन्तहरु पनि कोलकतास्थित दमदम कारागार पुगेर भेटेका थिए । त्यसपछि उनका नाता प्रमाणितका साथै अदालती प्रकृया सुरु भएको थियो ।
त्यसपछि उनलाई उच्च अदालतले बुधबार तारेखमा छोड्न फैसला गरेको थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.