web analytics

कोरोना संक्रमित बढेपछि भारतका विभिन्न सहर लकडाउन

भारतका विभिन्न सहरहरुमा लकडाउन लागु गरिएको छ । भारतको मध्य प्रदेशका तीन सहरमा लकडाउन लागू गरिएको हो। शुक्रबार मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वास्थ्य अधिकारीहरुसँग छलफल गरेर लकडाउन गर्ने निर्णय गरेका हुन्।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार शनिबारदेखि भोपाल, इन्दौर र जबलपुरमा लागू हुनेछ। यी तीन सहरको विद्यालय, कलेज पनि मार्च ३१ सम्म बन्द रहनेछ।
‘राज्यमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। पुनः गम्भीर अवस्थाबाट गुज्रन नपरोस् भनेर लकडाउन लागू गरेको हुँ। सबैले कोरोना संक्रमणबाट बच्च अनिवार्य मास्क लगाइदिनुहोला र सामाजिक दूरी कायम गर्दिनुहोला,’ उनले भनेका छन्।
उनकाअनुसार लकडाउन राति साढे १० बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेछ। यस समय अतिआवश्यक क्षेत्र भने सञ्चालन गर्न दिइनेछ।
यता मुख्यमन्त्री चौहानले कृषकहरूलाई बालीनाली क्षतिको भर्पाइ दिने पनि बताएका छन्। ‘असिना र वर्षाका कारण बालीनालीमा पुगेको क्षतिको किसानहरूले चिन्ता नलिनु । सर्वेक्षणको लागि निर्देशन दिइएको छ। सर्वेक्षण छिट्टै सुरु हुनेछ र क्षतिपूर्ति दिइनेछ,’ उनले भने।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.