आजको राशिफल/आज २०७७ चैत ७ गते शनिबार

मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन अनुकुल नहुन सक्छ , खर्च बढी हुन थाल्ने, गृह कलह बढने, मानसिक तनाव, कार्यहरुमा बाधा, गरेको काम सफल नहुने, मान सम्मानमा कमी, शत्रु वृद्धि, धनको नोक्सानी, रोगव्याधिले सताउने, विशेषनेत्र सम्बन्धि रोग तथा खानपानमा समस्या देखा पर्ने, कुटुम्बहरुसँग मनमुटाव हुने स्थिीति बन्नेछ । कसै कसैलाइ घरबाहिर बस्नु पर्ने अवस्था पनि आउन सक्छ, मनमा नकारात्मक भावना पलाउन सक्छ । विद्यार्थीहरुको पढाइमा मन नजाने सम्भावना छ । वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) भाग्यले सहयोग गर्ने खालको दिन छ । रोग मुक्ति, मान सम्मान बृद्धि, कार्य सफलता, धातु, अन्न तथा वस्त्र लाभ हुने तथा शत्रु पराजित हुनेछन्, भौतिक सुख, उत्तम भोजन तथा शैया सुख, आदर सत्कारको प्राप्ति, मित्र सहयोग जस्ता शुभ फल प्राप्त हुनेछन । कसै कसै लाई भने उपहार आदि प्राप्त हुने अथवा स्त्रि सहवास सुखको योग देखिएको छ । मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह) दिन अनुकुल छैन । मानसिक अशान्ति, शारिरिक कष्ट, पराक्रममा कमी आउने । आलस्य बढने । खर्चमा वृद्धि । कार्य हानी वा विलम्ब, धन हानी, पारिवारिक कलह वा नजिकका मानिसहरुबाट अपमान बेहोर्नु पर्ने, शोक पर्न सक्ने वा टाढीनु पर्ने हुन सक्छ । हानी नोक्सानी, दुर्घटना हुनसक्ने भएकोले यात्रा गर्दा विशेष सावधानी राख्नुहोला, संक्रामक रोगहरुबाट बच्नुपर्ने दिन छ । विद्यार्थीहरुको लागि आज समय कठिन छ । कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दिन सुखमय हुनेछ । कुटुम्बहरुसँग भेटघाट हुने अथवा उनीहरुले सहयोग गर्ने, मित्र तथा भाइ बहिनीहरुले साथ र सहयोग गर्ने । धन लाभ, मान सम्मान, उत्तम भोजन, बन्धुसुख, स्त्रि सुख, मित्रहरुले सहयोग गर्ने । गरेका कार्यहरुले सफलता र यश दिलाउँनेछ , भोग विलास र रमाइलोमा समय बित्न सक्नेछ , आय वृद्धि को बाटो फेला पर्न सक्छ, पद वा फरक जिम्मेवारी प्राप्तिको योग छ, पारिवारिक तथा जीवनस्तरमा बृद्धिको योग छ । व्यापारी वर्गलाई दिन अनुकुल छ, लगानीलाई दिन राम्रो छ । सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) खुशी प्राप्त हुने खालको दिन छ , सुखद अवसरहरु आउने छन्, पारिवारिक सदभाव, रमाइलो बसिँबियालो र मिठो खानपान हुन सक्ने । चिताएका कामहरुमा सफलता पाइने, कर्म क्षेत्रमा सम्मान वा प्रंशसा पाइने, स्वास्थ्य राम्रो रहने, सरोकारवालाहरुबाट सहयोग पाइने, आफनो क्षमता र अधिकारको सदुपयोग गरेर कुनै कार्य वा उद्देश्य पूरा हुने योग छ । बौद्धिक क्षमतामा बृद्धि हुनुको साथै नयाँ नयाँ विचार प्रस्फुटन हुने र आत्मविश्वास बढने छ । कसै कसैलाई धर्म, अध्यात्म, तथा सत्मार्ग तिर मन जान सक्नेछ । गर्भवति महिलाहरुले भने विशेष सावधानी अपनाउनुहोला । कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) दिन प्रतिकुल हुनेछ । परिस्थितीको बन्धनमा जकडिने स्थिती आउन सकछ, मानसिक तनाव बढने, वादविवाद बढने, मेहनत गरे अनुसार फल प्राप्त हुँदैन । मुद्दा मामिला, कानूनी झमेला, दन्ड जरिवाना जस्ता अनिच्छीत प्रतिकुलताहरु आउन सकछन् । कसै कसैलाई पद तथा जिम्मेवारी बिहीन हुनु पर्ने अवस्था नआउला भन्न सकिँदैन , सचेत रहनु होला, स्वास्थ्यको हिसाबले दिन राम्रो नहुन सकछ , पेटजन्य समस्या लगायत अन्य स्वास्थ्य सम्बन्धि शारिरिक समस्याहरु आउन सक्छन् । तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय अझै प्रतिकुल छ । व्यर्थको श्रम, शारिरिक पीडा, धनको दुरुपयोग वा अधिक खर्च, कष्टदायी भ्रमण, अस्थिरता जस्ता कुरा हुन सक्छन्, कुनै खास कुराले भयप्रद अवस्था ल्याउन सक्छ, मित्र घात, आफन्तजन वा नजीकका व्यक्तिहरुसँग मन नमिल्ने जस्ता कुराले मानसिक तनाव बढाउन सक्छ । कसै कसैलाई अपमान सहनु पर्ने सम्मको अवस्था आउन सक्छ । कार्यमा बिध्नबाधा तथा विलम्ब जस्ता घटनाहरु हुने सम्भावना भएकोले आज अलिक सावधानी अपनाउनु होला । वृश्चिक–SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दिन अनुकुल रहनेछ । लाभकारक तथा सुखदायी बसाइ हुने । मान सम्मान, प्रशंसा, कदर प्राप्त हुने । विशेष वा परिकारजन्य भोजन हुने, दाम्पत्य तथा वैवाहिक सुखको प्राप्ति, आर्थिक लाभ, धनको आगमन, स्वास्थ्य उत्तम वा रोगव्याधिको असरमा सुधार आउने, वस्त्र, धातु तथा भोग विलासिता साधन जुटने वा भौतिक संशाधन सम्बन्धित कुराहरुको खरिद हुन सक्ने योग छ । वाणिज्य व्यापार व्यवसायमा फाइदा मिल्ने योग छ । धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) दिन आर्थिक रुपले लाभकारक रहनेछ । कार्य क्षेत्रको गतिरोध हटने, मानसिक तनावमा कमी आउने, शारिरिक निरोगिताको साथै बिरामी हुनुहुन्छ भने स्वास्थ्य अवस्था सुधारोन्मुख रहने छ , सुख सन्तोषको प्राप्ति, रिस गर्नेहरु माथि विजय प्राप्त हुने, महिला वर्गहरुसँग सहकार्य, भेटघाट, वार्तालाप हुने वा उनीहरुबाट लाभ प्राप्त हुने, कसै कसैलाइ आज आफनै घरमा बस्नु पर्ने स्थिती पनि आउने छ । मान सम्मान पाइने, अरुले कदर गर्ने, पारिवारिक सुखमा वृद्धि हुने । प्रेम सम्बन्धमा मधुरता आउने । विद्यार्थीहरुलाइ समय राम्रो छ, खर्चमा भने नियन्त्रण राख्नु पर्नेछ । मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) दिन अनुकुल रहने छैन । बिध्न बाधाहरुले गर्दा हैरान हुनु पर्ने अवस्था आउन सक्छ । स्वास्थ्य स्थिती खस्कन सक्छ , शोक पर्ने, मानसिक खिन्नता बढन सक्ने, कार्य हानी, धन वा कुनै प्यारो वस्तुको हानी, मन अशान्त हुने वा चिन्ता लिइरहनु पर्ने, अपयशको भागि हुनु पर्ने तथा बेकारमा दुख पाइने योग देखिएको छ । सावधान रहनु होला । तामसिक भोजनलाई त्याग गर्नु पर्नेछ । अनावश्यक सम्पर्क, कुनै पनि कुराको आसक्तिबाट र चाहिने भन्दा बढी बोलचाल बाट बच्न सकेमा दिन सुखद रहनेछ । कुम्भ–AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द) आत्मविश्वासमा कमी आउने अवस्थाबाट गुज्रिनु पर्ने हुन सक्छ, शारिरिक पिडा हुने तथा कार्यहरुमा हानीको योग छ, आज मन अस्थिर र व्याकुल रहने, चिन्ता र बेचैनिले ग्रस्त भइने, राति अनिद्राको समस्याले सताउने, भोजन तथा खानपान बाधित हुने वा समयमा नहुने सम्भावना छ, आफन्त तथा नजीककाहरुसँग मनमुटाव वा विवाद हुने, शारिरिक अस्वस्थता बढने वा कमजोरीले समस्या बल्मिmन सक्छ, रुघाखोकी, छाती वा छातीजन्य समस्या आउन सक्ने भएकोले सावधानी अपनाउनु होला । मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मन खुशी हुने खालको दिन रहनेछ । भाग्यले साथ दिएको अनुभूत हुनेछ । धन लाभ हुने, पराक्रम बढने, निरोगिता प्राप्ति, कार्यमा सफलता, नोकरीमा पदोन्नति वा इच्छाइएको स्थानान्तरण, मान सम्मान कदर प्राप्त हुने, आर्थिक पक्षमा सुधार देखा पर्ने, वस्त्र लाभ हुने वा खरिद हुने, मित्र सुख पाइने, रिस गर्नेहरु गुमनाम हुनेछन्, आफन्तजनसँग सम्बन्ध राम्रो हुने, सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने र उनीहरुबाट फाइदा हुने योग बन्नेछ, चिताएको महिलाको सम्पर्कका आइने अथवा वैवाहिक खुशी प्राप्त हुने सम्भावना छ । कसै कसैलाई यात्रा वा भ्रमणको स्थिति बन्न सक्छ, प्रेम सम्बन्धको लागि दिन राम्रो छ । व्यापार व्यवसायमा लाभको अवस्था बन्नेछ । लगानीकोा लागि दिन राम्रो छ ।
Comments are closed.