कञ्चनपुरमा प्राकृतिक वासस्थान मासिएपछी गाउँगाउँमा पस्न थाले जंगली जनावर

कञ्चनपुर,१५ बैशाख ।
गत मंगलबार पुनर्वास दशरथ बस्तीका सुदिप बुढाथोकी सिमावर्ती भारतीय बजार बसही गईरहेका थिए । पुनर्वास ४ स्थित नमूना सामुदायिक वन नजिकै केटाकेटी र कुकुरहरुले लखेटिरहेको अवस्थामा हरिणको बच्चालाई देखे । संयोगले हरीणको बच्चा आफुतिर आईरहेको देखेपछि उनले समातेर उद्धार गरि घर ल्याए । बुधबार स्थानीय प्रहरी र वन कर्मचारीलाई खबर गरि सो हरीणको बच्चा बुझाए ।
गत बैशाख ५ गते पुनर्वास ५ भानुबस्तीका हेम थापा तथा नरेश थापा लगायतका युवाहरूले हरिण समाती सुरक्षा निकायलाई बुझाएका थिए । त्यसैगरी गत चैत्र २८ गते पुनर्वास ६ का युवाहरूले वयस्क हरीण समातेर बुझाएका थिए भने गत हप्ता बेलौरीका स्थानीयले एउटा हरीण समातेर वनका कर्मचारीलाई बुझाएका थिए ।
पुनर्वास-बेलौरी क्षेत्रमा बर्सेनि हाती पसेर बालिनाली क्षती समेत गर्ने गरेको उदाहरण प्रशस्त छ्न ।
किन पस्छ जंगली जनावर मानव वस्तिमा ?
जंगली जनावर मानव बस्तीमा पस्नु उनीहरूको रहर नभई बाध्यता भएको वन कर्मचारीहरु बताउँछन् ।
जंगली जनावरको प्राकृतिक वासस्थानमा मानव अतिक्रमण बढनु, वनमा डढेलो लाग्नु र पानीका श्रोतहरु सुक्दै जानुका कारण भोक र प्यासले आत्तिएर जनावरहरु मानव बस्तिमा पसेको कुण्डा
सवडिभिजन वन कार्यालय, पचकडियाका सहायक वन अधिकृत दिनेश कुमार यादव बताउँछन् ।
पुनर्वास-बेलौरी क्षेत्र भारतको दुधवा जंगल, सुक्लाफाँटा वन्यजन्तु आरक्ष र लालझाडी वनले तीन तिरबाट घेरेका कारण पनि जंगली जनावर मानव बस्तिमा पस्नु स्वभाविक भएको सहायक वन अधिकृत यादवको भनाई छ ।
Comments are closed.