web analytics

विवाह भएको २२ महिनासम्म श्रीमतीले सम्बन्ध राख्न नदिएपछि सुरेन्द्रले छोडे संसार

काठमाडौं/विवाह सामाजिक रुपमा अपनाईने एक परम्परा हो । विवाह पछि परिवार सिर्जना गर्ने ऐतिहासिक परम्परा छ । समाजलाई नियम संगत संचालन गर्न विवाहको परम्परा थालनी भएको हो । विवाह पछि श्रीमान श्रीमतीका रुपमा सन्तानलाई जन्मदिने र वंसज चलाउने परम्परा चल्दै आएको छ । तर विवाह भएको लामो समयसम्म पनि श्रीमतीले आफुलाई छुन समेत नदिएपछि एक श्रीमानले जीवन त्यागेका छन् । विवाह भएको २२ महिनासम्म पनि श्रीमतीले उनलाई छुन समेत दिइनन् ।
यो घटना भारत, गुजरातको अहमदाबादमा भएको हो । झण्डै २ वर्ष सम्म पनि उनीहरुबीच श्रीमान श्रीमतीबीच हुने कृयाकलाप भएन । श्रीमतीले उनलाई छुन समेत नदिएपछि युवकले जिवन त्यागेका हुन् । यस घटनापछि सासुले आफ्नी बुहारी विरुद्ध किटानी जाहेरी दिएकी छिन् ।
मनिनगर, अहमदाबादकी ३२ वर्षीया गीता परमारको २२ महिना अघि सुरेन्द्र सिंहसँग विवाह भएको थियो । तर त्यसको २२ महिना सम्म पनि उनीहरुकाबीचमा श्रीमान श्रीमतीको सम्बन्ध स्थापित भएन । सुरेन्द्र सिंह पत्नीको यस व्यवहारले धेरै चिन्तित थिए । जसका कारण उनले आफ्नो जिवन नै समाप्त गर्ने निर्णय गरे ।
उनकी सासुले प्रहरीमा उजुरी दिँदै भनेकी छन् बुहारी घर आएर पनि पतिसंग बसिनन् ।
उनीहरुको विस्तरा पनि अलग अलग थियो । सासु मुल्ली परमारले छोरालाई यसबारे सोध्दा उनका छोराले उनलाई भनेका थिए कि बिवाह गरेको २२ महिना पछि पनि गीतासँग कुनै सम्बन्ध छैन । छोराले आमासँग गीताले आफुसँग कुनै सम्बन्ध नराख्ने खाएको बताएका थिए ।
सुरेन्द्र सिंह एक रेल कर्मचारी थिए भनिएको छ । यस अघि उनको २०१६ मा पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद भएको थियो । यता, गीताले पनि सुरेन्द्रसँग बिहे गर्नुभन्दा अघि दुई जनासँग सम्बन्धविच्छेद गरेकी थिइन् ।
श्रीमतीको यस्तो व्यवहारका कारण सुरेन्द्र सिंह र गीताबीच विवाद भयो । विवादकाबीच सुरेन्द्र घर छोडेर हिँडे । गीता पनि घर छोडेर आफ्ना बाबुआमाको घरमा गइन् । परिवारका सदस्य सबै एक छिमेकीको अन्त्येष्टिमा जाँदा सुरेंद्र सिंह एक्लै घरमा बसेका थिए । यही मौकामा उनी घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.