web analytics

जनता समाजवादी महिला संघ द्वारा पाल्हिनन्दन गाउँपालिका स्तरीय अभिमुखिबरण कार्यक्रम सम्पन्न !

असोज १२

सुरेश यादव

नवलपरासी /पश्चिम नवलपरासीको पाल्हिनन्दनमा संघियता,सुशासन,समृद्धि र समाजवाद भन्ने मुल नाराकाे साथ जनता समाजवादी महिला संघ द्वारा गाउँपालिका स्तरीय आज अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे । जिल्ला महिला संघ ज.स.पा नवलपरासीको आयोजना तथा पाल्हिनन्दन गाउँपालिका कार्य समिति ज.स.पा नेपालकाे व्यवस्थापनमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे हाे ।

जिल्ला महिला संघ ज.स.पा नवलपरासीको उपाध्यक्ष राजकुमारी काेहारकाे अध्यक्षता तथा लुम्बिनी प्रदेशको कृषि मन्त्री शुमन शर्मा रायमाझीकाे प्रमुख आतिथ्यता एवम् लुम्बिनी प्रदेशको श्रमराेजगार तथा यातायात मन्त्री पूर्णमति ढेंगा मगरकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा पुर्व रक्षा राज्य मन्त्री तथा जसपा केन्द्रीय सदस्य रामबचन यादव,सभासद तथा जसपा केन्द्रीय सदस्य अलाउद्दिन अन्सारी,केन्द्रीय सदस्य सुरेन्द्र पटेल,विरेन्द्र हरिजन,जसपा पश्चिम नवलपरासी जिल्ला अध्यक्ष धरेन्द्र यादव,वरिष्ठ उपाध्यक्ष राेहित सहानी,उपाध्यक्ष गाेविन्द पटेल र स्थानीय १००० जनाकाे सहभागिता रहेकाे कार्यक्रम सञचालिका मन्जु चाैधरीले जानकारी दिनुभयाे । साथै स्वागत मन्तव्य पाल्हिनन्दन गाउँपालिका वडा नं ४ काे वडा सदस्य निर्मला यादवले राख्नु भएको थियाे ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.