web analytics

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोलको मूल्य प्रतिलिटर १२३ पुग्यो  

काठमाडौं, ३ जेठ ।
कोरोना महामारीकै बीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल डिजेल, मट्टितेल तथा हवाइ इन्धन (आन्तरिक उडान) को साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर रु.२ रुपैयाँ वृद्धि गरेको हो ।
यससँगै काठमाडौं उपत्यकाभित्र पेट्रोलको मूल्य अब १२३ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य १०६ रुपैयाँ प्रतिलिटर पर्नेछ । यस्तै हवाइ इन्धनको ७८ रुपैयाँ प्रतिलिटर पर्ने निगमले जनाएको छ । निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग हुने हवाइ इन्धनको मूल्य भने हाललाई यथावत राखेको छ ।
अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य वृद्धि गरिएको निगमको भनाइ छ । मूल्य बढाउँदा पनि इन्धनमा घाटा नै रहेको पनि निगमले जनाएको छ । बढेको मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.