सरकारी कर्मचारीको मासिक तलब बढ्यो

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजारले बढाएको छ।
आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन्।
अर्थमन्त्री पौडेलले सबै तहका कर्मचारीको तलब दुई/दुई हजारका दरले बढाइने बताए।
कोभिड-१९ महामारीका कारण तलव बढाउने अनुकूल परिस्थिति नभए पनि सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता बढाउन साउन १ देखि लागू हुने गरी सबै राष्ट्रसेवकको तलवममानमा मासिक २ हजार वृद्धि गरेको अर्थमन्त्रीले बताए ।
त्यस्तै महंगी भत्ता कायम राख्ने निर्णय पनि अर्थमन्त्री बिष्णु पौडेलले सुनाएका छन्।
कर्मचारीका लागि १० लाखको जीवन बिमा र १ लाख रुपैयाँ दुर्घटन बिमाका लागि समेत सरकारले रकम छुट्याएको छ।
Comments are closed.