ह्वात्तै घट्यो सुनको भाउ

काठमाडौ । आज सुनको भाउ ह्वात्तै घटेको छ । नेपाली बजारमा सुनको मूल्य एकैदिन १५०० रुपैँयाले घटेको हो । प्रति तोलामा १५०० ले घटेर ९३ हजार ४०० सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य प्रति तोला ९२ हजार ९०० रुपैयाँमा कायम भइरहेको छ ।
यसै गरी चाँदीको मूल्य पनि घटेकाे छ । प्रति तोलामा ३५ रुपैयाँले घटी १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ ।
Comments are closed.