web analytics

बुधवार सार्वजनिक बिदा दिने सरकारको निर्णय !

 

साउन४

काठमाडौं / बकर इदमा सार्वजनिक बिदा हुने भएको छ । सरकारले बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

त्यसको पुष्टि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले गर्नुभयो । नेपाल मुस्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएर हालै ध्यानाकर्षण गराएको थियो ।

बकरी ईद (ईद अल अधा) आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका कुर्वानी (बलिदान)को सम्झना स्वरूप मनाइने पर्व हो। यही दिन देखि हिजारी संवतको नयाँ वर्षको सुरूवात हुनेगर्दछ ।

बिहान सबैरै उठेर नुहाइधुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोका बाँधिएर एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ।

नवाज पढेर घर फर्किएपछि बोका, खसी, बाख्रा, राँगा, गाई र भैंसीको वलि दिने परम्परा छ । नेपालमा भने गाइको वलि दिने गरिएको छैन । बलि दिइएको पशुको मासु तीन भाग लगाइन्छ । त्यसमध्ये एक भाग आफू खाने, एक भाग आफ्ना नजीकका मित्रलाई र एक भाग गरीब तथा असहायलाई दिने गरिन्छ ।

मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रीय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैंले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई भेडा मरेपछि सोही घटनाको सम्झनास्वरूप यो पर्व मनाउन थालिएको हो।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.