web analytics

नेपाल अटो मेकानिक्स ट्रेड युनियन सुप कमिटी र धनगढी कमिटीद्वारा विभिन्न कार्यक्रमको आयोजना


कैलाली/५ साउन ।
नेपाल अटो मेकानिक्स ट्रेड युनियन सुदुरपश्चिम प्रदेश कमिटी र धनगढी उपमहानगर कमिटीले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
युनियन स्थापना भएको २४ औं वर्ष प्रवेशको अवसर पारेर “शनिबार देखि म आफ्नो वर्कसप आफै सफा गर्छु” भन्ने नाराका साथ हरेक वर्कसप सरसफाई गरिएको थियोे । त्यसैगरी सोही अवसरमा मास्क वितरणका साथै मेकानिक्सहरुलाई कोभिड सम्बन्धि जनचेतना पनि कार्यक्रम पनि राखिएको थियोे ।
त्यसैगरी सोही अवसरमा सुदुरपश्चिम प्रदेश कमिटि अध्यक्ष चन्द्रप्रकाश गैरेको अध्यक्षतामा रक्तदान कार्यक्रम आयोजना भएको थियोे । जसमा जिफन्ट राष्ट्रिय कमिटी सदस्य देव बहादुर बमको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा अतिथीको रुपमा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रिय सचिव जीत बहादुर मल्ल, नेपाल अटो मेकानिक्स ट्रेड युनियन केन्द्रीय कमिटी निवर्तमान उपाध्यक्ष ठक्कर बिष्ट, नेपाल अटो मेकानिक्स ट्रेड युनियन सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार सदस्य पन्नालाल शाह, नेपाल अटो मेकानिक्सका संस्थापक अध्यक्ष भक्त बहादुर थापा लगायत अतिथिहरुको सहभागिता थियो ।
बिहान सात बजे देखि सुरु गरिएको रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई सम्मान स्वरुप धनगढी NATU को तर्फबाट प्रशंसा-पत्र पनि प्रदान गरिएको थियोे । धनगढीको बोराडाँडी चोकमा आयोजित रक्तदान कार्यक्रममा १ सय १९ जनाले रक्तदान गरेको नेपाल अटो मेकानिक्स ट्रेड युनियन सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष चन्द्रप्रकाश गैरेले समाचार विशेषलाई बताए ।

कार्यक्रमको सञ्चालन प्रदेश कमिटी सचिव गोपाल के.सी.ले गरेका थिए ।
नेपाल अटो मेकानिक्स ट्रेड युनियन सुदूरपश्चिम प्रदेश तथा नगर कमिटी अध्यक्ष सुमित कुमार श्रेष्ठ र अन्य नगर कमिटीको सक्रियतामा सो कार्यक्रमहरु सम्पन्न भएको थियोे । धनगढी नगर कमिटी सदस्य पुर्णसिंह तामाङले अस्वस्थताका बावजुद पनि विशेष सक्रियता देखाएका थिए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.