web analytics

एमालेद्वारा संसद् बैठकमा अवरोध

काठमाण्डाै/नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ । एमालेले बर्खास्त गरेका १४ जना सांसदलाई हटाउनुपर्नेमा सभामुखले पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरूले बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै बैठक चल्न नदिएका हुन् ।
एमालेका सचेतक विशाल भट्टराईले एमाले फुटाउने मनसायका साथ संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याएकोमा आपत्ति जनाउनुभयो । उहाँले सभामुखले माओवादी केन्द्रले सांसद हटाउँदा उनीहरूलाई तत्कालै पदमुक्तको सूचना दिइहाल्ने तर एमालेले १४ जना सांसद हटाउँदा सभामुखले वास्ता नगरेको भन्दै विरोध जनाउनुभयो ।
एमाले विभाजनको लागि मतियार बनेको प्रमुख सचेतक भट्टराईले संसदमै सभामुखको आलोचना गर्नुभयो ।
अहिले सदनमा एमालेका सांसदहरूले नाराबाजी गरिरहेका छन् ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.