पुनर्वासमा टेकमाईन्डस नेटवर्क प्रा.लि.को आईबिआरडी शाखा उदघाटन
कञ्चनपुर/१ माघ ।
कञ्चनपुरको पुनर्वासमा ईन्टरनेट प्रदायक कम्पनी टेकमाईन्डस नेटवर्क प्रा.लि.ले आईबिआरडीमा शाखा उदघाटन गरेको छ ।
पुनर्वास क्षेत्रमा करिब १८०० भन्दा बढिले सेवा लिईरहेको सो नेटवर्क कम्पनीले पच्चीस जना पुनर्वासी युवाहरू र कञ्चनपुर भरीमा करीब पैसट्ठि युवाहरुलाई रोजगारी प्रदान गर्दै आएको पुनर्वास कोओर्डिनेटर लक्ष्मी पोखरेलले बताए । ईन्टरनेट जडान गरीसकेपश्चात् ग्राहकलाई समस्या पर्दा बर्षको ३६५ दिन नै सेवा दिने गरेकाले टेकमाईन्डस नेटवर्क प्रा.लि. लोकप्रिय हुँदै गएको कोओर्डिनेटर पोखरेलले बताए ।
यस कम्पनीको चितवनमा मुख्य कार्यालय रहेको छ भने नेपालको छैसठ्ठी जिल्लामा ईन्टरनेट सेवा प्रदान गर्दै आएको छ । दुई दशक पहिले स्थापना भएको यो कम्पनीले सात वर्षदेखी सक्रिय रुपमा नेपालको ग्रामीण भेगमा ईन्टरनेट सेवा विस्तार गर्दै आएको छ ।
नेपालका हरेक ग्रामीण दुरदराजका बस्तीलाई ईन्टरनेटमय बनाउने यस कम्पनीको लक्ष्य रहेको कैलाली कोओर्डिनेटर घनश्याम पोखरेलले बताए ।
उत्कृष्ट सेवा दिने ईन्टरनेट प्रदायक कम्पनीको रुपमा छुट्टै पहिचान बनाइसकेको टेकमाईन्डस नेटवर्क प्रा.लि.को सेवा भरपर्दो रहेको कञ्चनपुर कोओर्डिनेटर रवि रोकायाले बताए ।

अन्य ईन्टरनेट कम्पनीको तुलनामा यस कम्पनीको सेवा सस्तो रहेको देखिन्छ । १५ एमबिपिएसको मासिक शुल्क ७००, ४०
एमबिपिएसको मासिक शुल्क १३५०, ५५ एमबिपिएसको मासिक शुल्क १६५० र ७५ एमबिपिएसको मासिक शुल्क १७१० रहेको छ ।




Comments are closed.