web analytics

सुनको भाउ ९ सय घट्यो

काठमाडौं/ १४ माघ।
सुनको भाउ आज पनि तोलामा ९ सय रुपैयाँले घटेको छ । हिजो र आज सुन लगातार तोलामा ९ सय रुपैयाँले घटेको हो ।
आज सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति बुधवार तोलाको ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन हिजाे बिहीवार ९ सय रुपैयाँले घटेर तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.