मोटरसाइकल दुर्घटनामा परेका पुनर्वास ६ का वडा सदस्य पृथ्वी गुरुङको निधन

कञ्चनपुर । पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडासदस्य पृथ्वी गुरुङको निधन भएको छ । दुई साता अघि दाङको गोरुसिंगेमा मोटरसाइकल दुर्घटनामा परेका गुरुङको आज निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको छ ।
नेपाली कांग्रेसबाट वडासदस्य पदमा निर्वाचित गुरुङ पुनर्वासमा निकै लोकप्रिय मानिन्थे । स्थानीय तहको निर्वाचनमा वडा नम्बर ६ बाट सबै तत्कालीन एमालेका उम्मेदवारहरु विजयी हुँदा गुरुङ एक्ला सदस्य निर्वाचित भएका थिए । सोपश्चात् पुनर्वासी माझ गुरुङको लोकप्रियता झनै प्रगाढ बनेको थियो ।
Comments are closed.