विशाल इन्टरटेन्मेन्टले ल्यायो “पेउली पहेलै”

अष्ट्रेलिया । छिटो समयमा नै दर्शनश्रोताको मन मुटुमा बस्न सफल म्युजिक कम्पनी विशाल इन्टरटेन्मेन्टले नेपाली दर्शकका लागि एउटा अर्को सांगीतिक कोशेली बजारमा ल्याएको छ । पछिल्लो समय दर्शकको रोजाइमा पर्ने सांगीतिक प्याटनलाई समेट्दै गायक रविन लामिछानेको लय तथा संगीतमा “पेउली पहेलै” तयार भएको हो । यस गीतमा गायक लामिछानेलाई गायनमा चर्चित गायिका समिक्षा अधिकारीले साथ दिएकी छन ।
पिपलु-वर, औंठी सुनैको, केटो अलि कमाउने होस जस्ता हिट गीतहरु दिँदै आम दर्शकको रोजाइमा पर्न सफल यस कम्पनीका सञ्चालन गोविन्द भट्टराई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अष्ट्रेलिया शाखाका अध्यक्ष समेत हुन ।
म्युजिक भिडियोको निर्देशन विक्रम चौहानले गरेका हुनभने सम्पादन मिलन विश्वकर्माले गरेका हुन । मालाश्री स्टुडियोमा रेकर्ड गराईएको यस गीत पनि आम दर्शकश्रोताको रोजाइमा पर्ने विश्वास गरिएको छ ।
म्युजिक भिडियो
Comments are closed.