web analytics

रणधिर श्रेष्ठको निर्देशनमा अर्को म्युजिक भिडियो युट्युवमा सार्वजनिक

काठमाडौ । विभिन्न चलचित्र र दर्जनौं म्युजिक भिडियोमा निर्देशन गरेर चर्चा बटुलिरहेका निर्देशक रणधिर श्रेष्ठको एउटा नयाँ म्युजिक भिडियो युट्युवमा सार्वजनिक भएको छ । उत्कृष्ट निर्देशन क्षमता प्रदर्शन गर्दै आईरहेका श्रेष्ठको यस म्युजिक भिडियो पनि तारिफ योग्य बनेको छ ।

उदयमान गीतकार रिमा श्रेष्ठको शब्दमा रहेको ‘तिमीमा छ के’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । गायक कर्णवीरको स्वर रहेको यस गीत बजारमा आउनै लागेको गीति एल्बम ‘एकलौटी मायामा’ संग्रहित गीत हो । यस गीतलाई येदीन गजमेरले संगीतवद्द गरेका हुनभने गीतमा धिरज श्रेष्ठको संगीत संयोजन रहेको छ ।

युवा युवतीबीचको प्रेम र आकर्षणलाई व्यक्त गरिएको गीतमा स्वयंम गायक कर्ण वीर र आरजु खरेल फिचर्ड छन्। राजेन्द्र विसीले कोरियोग्राफी गरेको भिडियोलाई रणधिर श्रेष्ठले निर्देशनसंगै छायांकन र सम्पादन समेत गरेका हुन। कुशल गुरुङ निर्माता रहेको यस डिजिटल’को आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

पेसाले आईटीमा रहेकी गीतकार श्रेष्ठको सानै उमेर देखी गीत-संगीतमा लगाव थियो। केही महिना अगाडी उनको पहिलो गीति एल्वम ‘अधुरो सपना’ को भव्य चर्चा संगै फुटकर गीतहरु सार्वजनिक गरिसकेकी श्रेष्ठ निरन्तर गीत सिर्जना र भिडियो निर्माणमा सक्रिय छिन्। यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन श्रेष्ठले सबैलाई आग्रह गरेकी छिन् ।

म्युजिक भिडियो हेर्नुस् 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.