सम्बन्ध जोगाउन आफ्नै प्रेमिकासंग कुरा लुकाउँदाको नतिजा

काठमाडौ । नेपाली संगीत बजारमा हरेक दिन जस्तो दर्जनौं गितहरु आईरहेका हुन्छन् । पछिल्लो समय गीतसंगीतलाई सुन्ने मात्रै भन्दापनि हेर्ने ट्रेण्डको विकास भईरहेको छ । यहि ट्रेण्डलाई स्विकार्दै ‘तिम्रो यादमा’ बोलको गीतमा बनेको म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको छ ।
गीतको शब्द अनुसार कथा बुनिएको सो म्युजिक भिडियोमा एउटा यस्तो पुरुषको कथा देखाईएको छ, जसले आफ्नो प्रेम सम्बन्ध जोगाउन प्रेमिकासंग आफ्नो गम्भीर रोग लुकाउँछ । आफ्नो समस्या बताउँदा प्रेम सम्बन्ध नै सकिने डर बोकीरहेको हुन्छ । गम्भीर रोगको बारेमा सबै कुरा थाह पाइसकेपछी पनि प्रेमीलाई अस्पतालमा भेटेर नायिकाले आफ्नो प्रेम निष्कपट र साँचो रहेको भाव व्यक्त गरेकी छिन । यस कथाले निस्वार्थ प्रेम गर्नेहरू जुनसुकै समस्यासंग जुधेर आफ्नो प्रेम सफल बनाउन सक्छ्न भन्ने सन्देश दिएको छ ।
म्युजिक भिडियोको कथा तथा निर्देशन प्रवेश सिंहले गरेका हुन ।
गीतमा गायिका मिलन नेवारको सुमधुर महिला स्वर र गायक कुशल ढकालको पुरुष स्वर प्रस्तुत गरिएको छ। कुशल ढकालले गीतको संगीत पनि कम्पोज गरेका छन्। गीतका मार्मिक शब्दहरू सुदीप लुइटेलले लेखेका हुन् ।
भिडियोमा सुनिल लो, अनिता सुनार र पूजा अधिकारीको अभिनय देख्न पाइन्छ । भिडियोलाई विवेक नागरी डबलले छायांकन गरेका हुन ।
त्यसैगरी कला निर्देशन सन्तोष अवस्थीले गरेका हुन्। भिडियोको अनलाइन सपोर्ट विशाल राई (MFU) ले प्रदान गरेका छन्।
गीतको म्युजिक भिडियो “कुशल ढकाल” नामक युटुब च्यानलमा हेर्न सकिन्छ।
Comments are closed.