किन सारिदैछ सिनामंगल र धनगढीको आयल निगमका डिपोहरु

कञ्चनपुर, ३० मङ्सिर ।
गत २०८१ साउन २८ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले एक वर्ष भित्र काठमाडौको सिनामंगलस्थित हवाइ इन्धन डिपो सार्न निर्देशन दिइसकेको छ ।
स्थानीयले बारम्बार दबाव दिएपछि स्थानीयको जीउधनको सुरक्षालाई मध्यनजर राख्दै बस्ती क्षेत्रभित्र ईन्धन डिपो हटाउने सरकारले निर्णय गरेको हो ।
त्यसैगरी धनगढीका स्थानीयले जोखिम भयो भनेर बारम्बार दबाव दिएकै कारण डिपो स्थानान्तरण गर्न निगम बाध्य छ । तर नेपाल आयल निगमका उपनिर्देशक प्रदिप यादव भने ठाउँ सानो भएको कारण धनगढीबाट निगमको डिपो पुनर्वासमा सारिन लागेको बताउनुहुन्छ ।
अहिले पुनर्वासको पैसट्ठि विगाह क्षेत्रको बाईस बिगाह जमिन खरिद गरेर डिपो सार्न आयल निगम सक्रिय रहेको छ । गत मङ्सिर २४ गते पुनर्वास नगरपालिकामा भएको सर्वपक्षीय छ्लफल कार्यक्रममा बोल्ने क्रममा केही भलाद्मीहरुले आयल डिपोले पुनर्वासमा विकास हुन्छ भनेर तर्क गर्दै सहमति जनाए भने केही भलाद्मीहरुले पैसट्ठी विगाहमा भविष्यमा आउने योजनाहरुका लागि यसलाई जोगाउनुपर्ने तर्क राखे । सहमति र विमतिबिच पुनर्वासमा आयल निगमको डिपो सार्ने वातावरण बनाउन नेपाल आयल निगमका माथिल्लो तहका कर्मचारीहरु र राष्ट्रिय आवास कम्पनीका कर्मचारीले यस क्षेत्रका विभिन्न पार्टी प्रतिनिधि तथा जनप्रतिनिधिहरुसंग भेटघाटलाई तिब्रता दिएका छ्न । पुनर्वासका ३ र ५ नम्बर वडाले आफ्नो वडावासी सकारात्मक रहेको जानकारी नेपाल आयल निगमको केन्द्रिय कार्यालयलाई जानकारी पत्र पठाईसकेका छ्न । अन्य जनहितका सवालहरुमा अत्यन्तै ढिलो निर्णय लिने पुनर्वास नगरपालिकाले यो विषयमा यति छिटो निर्णय किन लिईरहेको छ ? बुझ्न कठिन छ ।
यसै सन्दर्भमा ईन्टरनेटबाट खोजेर पेट्रोलियम डिपो बस्ती क्षेत्रभित्र राख्दा कस्तो असर पर्छ भन्नेबारे सानो जानकारी राखेका छौ ।
पेट्रोलियम डिपो बस्ती क्षेत्र नजिकै हुँदा के असर हुन्छ ?
पेट्रोलियम डिपो बस्ती क्षेत्र नजिकै हुनेले धेरै प्रकारका असर पर्न सक्छन्। ती असरहरू स्वास्थ्य, वातावरण, सुरक्षा, र सामाजिक-आर्थिक पक्षसँग सम्बन्धित हुन सक्छन्। मुख्य असरहरू यसप्रकार छन्:
१. स्वास्थ्यसम्बन्धी असर
पेट्रोलियम पदार्थको गन्ध र वाष्प (fumes) सास फेर्दा स्वास्थ्यमा गम्भीर असर गर्न सक्छ।
लामो समयसम्म वाष्पको सम्पर्कमा रहँदा श्वासप्रश्वास समस्या, आँखा र छालामा जलन, र क्यान्सरजस्ता दीर्घकालीन रोगहरूको जोखिम बढ्छ।
डिपोबाट हुने फोहोर तथा चुहावटले जमिन र पानी दूषित हुन सक्छ, जसले पानीजन्य रोगहरू फैलाउन सक्छ।
२. वातावरणीय असर
आगलागी वा विस्फोटको सम्भावना उच्च हुन्छ, जसले बस्ती क्षेत्रलाई खतरामा पार्छ।
जमिनको प्रदूषणले खेतीयोग्य भूमिमा असर गर्न सक्छ।
हावा र पानीमा प्रदूषण फैलाउँदा जैविक विविधतामा असर पर्न सक्छ।
३. सुरक्षासम्बन्धी असर
पेट्रोलियम अत्यन्त ज्वलनशील पदार्थ भएकाले आगलागी र विस्फोटको जोखिम हुन्छ।
डिपोमा भएका भण्डारण ट्यांकरमा कुनै पनि सानो गल्तीले ठूलो दुर्घटना निम्त्याउन सक्छ।
बस्ती क्षेत्र वरिपरि सुरक्षाको कमीले दुर्घटनाको जोखिम बढाउँछ।
४. सामाजिक र आर्थिक असर
दुर्घटना भएमा मानिसहरूको ज्यान जाने जोखिम हुन्छ।
स्थानान्तरणको कारण मानिसहरूले आफ्नो जमिन र घर गुमाउन सक्छन्।
डिपोको कारण नजिकको बस्तीमा बस्न असहज हुने हुँदा घरको मूल्य घट्न सक्छ।
प्रदूषणको कारण मानिसहरू बस्ती छोड्न बाध्य हुन सक्छन्।
Comments are closed.