web analytics

रमेश अर्यालसंगै दुर्घटनामा परेकी महिलाको अवस्था चिन्ताजनक, हेलिकप्टरमा काठमाडौ लगिदै

चितवन । कञ्चनपुरको पुनर्वास नगरपालिकाका युवानेता रमेश अर्याल(प्रसन्न)संगै मोटरसाइकल दुर्घटनामा परेकी बर्दघाट नगरपालिका ९ नवलपरासीकी तुलसी कंडेलको स्वास्थ अवस्था चिन्ताजनक देखिएपछी हेलिकप्टरमा काठमाडौ लाने तयारी गरिएको छ । उनको उपचारका लागि काठमाडौको भैंसीपाटी स्थित मेडिसिटी हस्पिटलमा रिफर गरिएको छ ।


उनीहरु सवार से ६ प ८६७९ नम्बरको मोटरसाइकललाई नवलपरासीको दाउन्‍नेमा ना ३ ख ४०९ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

मृतक रमेश अर्याल

कच्ची सडकमा धूलो उडेका कारण पानी हालेर भिजाइएकोले मोटरसाइकल चिप्लिएर पल्टिँदा ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यालय दुम्किवासले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको थियो  । दुर्घटना पश्चात् रमेश अर्यालको भने बुधबार बेलुका नै निधन भएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.