पुनर्वासमा तीब्र गतिको मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु

कञ्चनपुर, २७ माघ ।
पुनर्वासमा तिब्र गतिमा आईरहेको मोटरसाइकलले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुनर्वास नगरपालिका २ अरनिको बस्तीकि ५२ बर्षिया पोतेजोम तामाङ हुन । गत सोमबार से ४ प ५५४४ को मोटरसाइकलले मृतक तामाङलाई ठक्कर दिएको थियोे । घाईते अवस्थामा निजलाई पुनर्वास ६ स्थित पुनर्वास पोलिक्लिनिक ल्याईएकोमा सेती प्रादेशिक अस्पताल रिफर गरिएको थियोे । सेती प्रादेशिक अस्पतालबाट सिटिस्क्यान गराउने प्रयोजनका लागि धनगढीकै माया मेट्रो नामक अस्पतालमा लादै गर्दा घाईते तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक पुनर्वास २ दशरथबस्ती निवासी सञ्जय सुनार(बर्ष २२) लाई प्रहरीले नियन्त्रणमा लिएको छ
। मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको आकस्मिक शव गृहमा राखिएको छ ।
Comments are closed.