कञ्चनपुरमा मोटरसाइकललाई बसले ठक्कर दिदा दुई जनाको मृत्यु

कञ्चनपुर, १७ फागुन ।
कञ्चनपुरमा मोटरसाइकललाई बसले ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ ।
धनगढीबाट महेन्द्रनगरतर्फ जादै गरेको ना४ख १६६४ नम्बरको बसले विपरित दिशाबाट आइरहेको म३प १४८० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा २ जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार मोटरसाइकलमा सवार भीमदत्त नगरपालिकाका २४ वर्षीय दिनेश दमाई र कृष्णपुर नगरपालिकाका २० वर्षीय प्रकाश दमाईको मृत्यु भएको हो।
बस चालक वेदकोट नगरपालिकाका माधव सिंह गडाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
Comments are closed.