कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

कञ्चनपुर, फागुन २२ ।
कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ३ का ५८ वर्षीय लालबहादुर चौधरीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो। शुक्रबार धनगढी उपमहानगरपालिका ३ का मदन रानाले चलाएको से७प १४०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मृतक चौधरी सख्त घाईते भएका थिए । गम्भीर घाइते भएका चौधरीको शनिबार विहान उपचारकै क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाइकल चालक मदन राना हाल प्रहरीको नियन्त्रणमा छ्न ।
Comments are closed.