web analytics

ओरालो लाग्दै सुनको भाउ  

काठमाण्डाै – सुनको भाउ आज फेरि चार सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँमा झरेको छ ।
हिजो सुनको भाउ ५ सय रुपैयाँले घट्दै  ८६ हजार रुपैयाँ कायम भएको थियो । यो भाउमा फेरि आज चार सय रुपैयाँ घटेको हो । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकोले नेपाली बजारमा पनि सस्तो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.