web analytics

पुनर्वासमा घर लेण्टर गर्ने दिनमै घरमुलिको मृत्यु

-सुनिलकुमार लो
कञ्चनपुर, २३ चैत ।
पुनर्वास ९ धनसिंहाका सर्बे सुनारको घर लेण्टर गर्ने दिनमै मृत्यु भएको छ । आईतवार घर लेण्टर गर्ने कार्यक्रम रहेको र सोही दिन बिहान पुजा गर्ने भन्दै श्रीमती बेलमती सहित घर नजिकैको नवदुर्गा मन्दिर गएका थिए ।
मन्दिर परिक्रमा गर्ने क्रममा बेहोस भई लडेर अचेत भएपछि घर ल्याउँदै गर्दा निजको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका तीन छोराहरू रोजगारीको सिलसिलामा भारत रहेकाले अन्त्येष्टि कार्य ढिलो भईरहेको पुनर्वास ९ का वडाध्यक्ष नारायण जैसीले हाम्रै साझा पत्रिकालाई बताए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.