web analytics

कैलालीको गोदावरीका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु

कैलाली,३० चैत ।
कैलालीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका-३ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
फागुनको पहिलो साता भारत बाट आएका उनमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
कडा प्रकारको निमोनोयासहित अस्पताल भर्ना भएका ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.