web analytics

Aus Studies र विशाल इन्टरटेन्मेन्टद्वारा ब्रिसवनमा डान्स पार्टीको आयोजना

 

ब्रिसवन । अष्ट्रेलियाको ब्रिसवन स्थित नेपाली विद्यार्थी माझ निकै लोकप्रिय मानिएको कन्सल्टेन्सी Aus Studies र संगीत कम्पनी विशाल इन्टरटेन्मेन्टको आयोजनामा डान्स पार्टी हुने भएको छ । विश्वमहामारी कोभिड १९ का कारण लामो समय बन्द भएको सांगीतिक कार्यक्रम पुनः सुरु हुन थालेको छ ।

विगतमा बर्षहरुमा नेपालका चर्चित कलाकारहरु ल्याएर विभिन्न कार्यक्रम हुने गरेता पनि २०१९ को अन्तिमबाट यस्ता कार्यक्रमहरु ठप्प जस्तै भएका छन । नेपाली समुदायलाई एकीकृत गर्ने तथा मनोरञ्जन दिने यस्ता कार्यक्रममा नेपालीहरु निकै उत्साहित हुने गर्दछन ।

कोरोना महामारीको स्वस्थ्य मापदण्ड पालना गर्दै नेपालीलाई नेपालीसंग जोड्ने कार्यक्रम सुरु गर्नुपर्ने भएकाले नै यस कार्यक्रमको आयोजना गरिएको विशाल इन्टरटेन्मेन्टका सञ्चालक गोविन्द भट्टराई बताउछन । कार्यक्रममा ३०० जनाको सहभागिता हुने अनुमान गरिएको भट्टराईले बताए तथापि कार्यक्रमका लागि २०० भन्दा बढी टिकट बिक्री भइसकेको आयोजक समितिका सदस्य विमल पाण्डेले समाचार विशेषलाई जानकारी गराए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.