फेरि बढ्यो पेट्रोलिम पदार्थको मूल्य

काठमाडौ, ४ चैत ।
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १-१ रुपैयाँ मूल्य बढाएको हो ।
मूल्यवृद्धिसँगै काठमाडौं आसपासका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १२१ पुगेको छ भने डिजेल/मट्टितेलको मूल्य १०४ रुपैयाँ तय गरिएको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आन्तरिक उडानका लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरेको छ। मूल्यवृद्धिसँगै हवाई इन्धनको मूल्य ७६ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिने हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएका छ।
यसअघि निगमले पछिल्लो पटक २२ चैतमा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।
Comments are closed.