web analytics

बेलौरीका शिक्षकको मोटरसाइकल दुर्घटनामा परी भारतमा मृत्यु

 कञ्चनपुर, बैशाख ५
बेलौरीका एकजना शिक्षकको भारतमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरीस्थित महाकाली मा.वि.का शिक्षक महेश बोहरा(राजु) रहेको प्रहरीले जनाएको छ । भारतीय सिमावर्ती बजार सम्पुर्णनगरमा गत सनिवार माेटरसाइकल दुर्घटना परी निजको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरीक्षक कमलकुमार खड्काका अनुसार शनिबार साँझ भारतकाे उत्तर प्रदेश स्थित सम्पुर्णानगर बजार नजिकै सडकमा माेटरसाइकल दुर्घटना हुदा चालक बाेहराकाे मृत्युु भएको हाे । मोटरसाइकलको पछाडि बसेका बेलाैरी नगरपालिका ६ हात्तीबाेझाका अन्दाजी ३० बर्षिया शिवदत्त रानाकाे उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका आधारमा हावाहुरीले सडकछेउमा लर्किएकाे रुखमा माेटरसाइकल ठाेक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । भारतकाे लखिमपुरमा शवकाे पाेष्टमार्टम भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताएका छन ।

को हुन महेश बोहरा(राजु) ?
मृतक महेश बाेहरा(राजु) महाकाली माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा समाजसेवी प्रेमसिंह बाेहराका माहिला छाेरा हुन् ।
उनी महाकाली मा.वि. बेलौरीमा उच्च मा.वि.तह र क्याम्पसमा अर्थशास्त्र विषय अध्यापन गराउँथे ।
यस अघि नेपाल प्रहरीको इन्स्पेक्टर पदमा कार्यरत बोहराका जेठो छोरा केशव बोहराको टिकापुर हत्याकाण्डमा परी २०७२ मा मृत्यु भएको थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.