web analytics

पुनर्वासमा विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि विद्यालयहरु बन्द हुन थाले

कञ्चनपुर,९ बैशाख ।
विद्यार्थीमा कोरोना संक्रमण देखिन थालेपछि पुनर्वासका विद्यालयहरु बन्द हुन थालेका छ्न । अन्य विद्यार्थीमा संक्रमण फैलिन नदिन विद्यालयहरुले आफ्नै पहलमा बन्द गर्न थालेका हुन ।
पुनर्वास ६ स्थित सिद्धार्थ पब्लिक स्कुल आज विहिवार देखि आगामी बैशाख १३ गतेसम्म बन्द हुने भएको छ ।
कक्षा ८ मा अध्ययनरत एक छात्रमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रीन्सिपल सञ्जय थापाले बताए ।
त्यसैगरी यसअघि नै एक सूचना प्रकाशित गरि पुनर्वासको सबैभन्दा पुरानो हाईस्कुल पुनर्वास जनता मा.वि.पनि बन्द भैसकेको छ । आगामी बैशाख १३ गते सम्मलाई सो विद्यालय बन्द गरिएको सूचनामा जनाईएको छ । कक्षा १२ मा अध्ययनरत छात्रमा कोरोना देखिएपछि विद्यालय बन्द भएको विद्यालयले जनाएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.