web analytics

पुनर्निर्माण धरहरा शनिबार उद्घाटन हुँदै

काठमाडौं: पुनर्निमित धरहरा शनिबार उदघाटन गरिँदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उदघाटन गर्न लागेका हुन्।

कोरोना संक्रमणको जोखिमका कारण उदघाटन समारोहमा कसैलाई पनि नबोलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। उदघाटन कार्यक्रम अवलोकनका लागि वैकल्पिक व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।
धरहरा पूर्णरुपमा तयार नभएकाले धरहरा तत्कालै अवलोकन गर्न नपाइने बताइएको छ।

२०७२ सालको भूकम्पले ९ तले धराहरा भत्किएको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिले धरहरा रहेकै स्थानमा २२ तले धरहरा पुनर्निर्माण गरेको छ। बाहिरबाट भने धरहरा ११ तलाको देखिन्छ।

सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा धरहरा निर्माणको ठेक्का रमण कन्स्ट्रक्सनले पाएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.