web analytics

अष्ट्रेलियाका राजदुत दाहाल सरकारद्वारा फिर्ता

 

अष्ट्रेलिया । तत्कालीन नेकपा गठन पश्चात् सरकारले माओवादी कोटाबाट अष्ट्रेलियाका लागि पठाएको नेपाली राजदुत महेशराज दाहाललाई फिर्ता बोलाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । गतवर्ष जेठ २५ गते सरकारले उनलाई राजदूत सिफारिस गरेको थियो ।

माओवादीसंगको एकता भंग भएसंगै एमाले सरकारले माओवादी कोटाबाट नियुक्त भएका देशका प्रदेश प्रमुखहरुलाई हटाईरहेको छभने राजदुत समेत फिर्ता बोलाउन सुरु गरेको छ । त्यसैको पहिलो निशानामा अष्ट्रेलियाका राजदुत दाहाल परेका छन । उनलाई फिर्ता गरेपछि कसलाई पठाउने भनी तय भने भएको छैन ।

Facebook Comments
Below Article Content Ads

Comments are closed.