कोरोना अपडेट : अब खुल्ला सीमा नीग्रानी गर्न स्थानीय युवा परिचालन गर्ने नगरपालिकाको निर्णय

कञ्चनपुरको पुनर्वास नगरपालिकाको बुधबार बसेको सर्वदलीय बैंठकले विभिन्न १० बुँदाका निर्णय गरेको छ । कोरोना भाइरस नियन्त्रण बाहिर गैरहेको परिस्थितिलाई मध्यनजर गर्दै लकडाउनलाई थप कडाई गर्दै नयाँ निर्णयहरु गरेको छ । बैठकबाट कोरोना संक्रमितका लागि थप वैकल्पिक आइसोलेसन केन्द्र निर्माण गर्ने देखि खुल्ला सीमा नियन्त्रण गर्ने सम्मको निर्णय भएको छ ।

सुरक्षा निकायबाटै खुल्ला सीमाक्षेत्रबाट आवतजावतमा लापरबाही भएको व्यापक जनगुनासोपछी नगरपालिकाले स्थानीय युवाहरु परिचालन गर्ने निर्णय गरेको हो । सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले नै खुला सीमा वारपार गर्न आश्रय दिएको स्थानीयस्तरबाट व्यापक जनगुनासो आउने गरेको छ ।
अब प्रहरीलाई स्थानीय युवाहरुले समेत सहयोग गर्दै नीग्रानी गर्नेछन । त्यसका लागि नगरपालिकाले आर्थिक खर्च समेत उपलब्ध गराउने भएको छ । महामारी नियन्त्रणका लागि नगरपालिकाले चालेको यस कदमलाई सबैले स्वागत गरेका छन ।
Comments are closed.