web analytics

काठमाडौको कोटेश्वर गेस्ट हाउसमा यौनधन्दा

गरिब परिवारकि १६ बर्षिय बालिकालाइ काम लागाइ दिने बहानामा यौन धन्दा गराउदै आएका होटेल मालिक पक्राउ

  • सुरक्षा/अपराध

काठमाडौं । सिन्धुली घर भएकी १६ वर्षीया किशोरीलाई बिमला बिक ‘प्रिया’ले सामाजिक संजाल फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाइन् ।                                     

कास्की जिल्लाको पुम्दिभुम्दी–४ घर भई पोखरा महानगरपालिका–२५ ठुलुमुढी बस्ने प्रियाले फेसबुकमा कुरा गरेर किशोरीलाई जागिरको लोभ देखाइन् ।                                                                                   

बुवाले कान्छी आमा ल्याएपछि भर्खरै १६ टेकेकी सपना (नाम परिवर्तन) आर्थिक अभावमा थिइन् । परिवारमा आमा र बहिनी थिए । आर्थिक अवस्था पहिले पनि मजबुत थिएन, बुवा र आमाको सम्बन्धविच्छेद सँगै समस्याको झन् ठूलो पहाड पार गर्नुपर्ने भयो ।                                                                       

केही समय मामाघरमा बसिन् । अनि, कामको खोजीमा काठमाडौं आएकी सपनाले शुरुमा कपडा पसलमा काम गरिन् । आलु चिप्स बनाउने कारखानामा काम गरिरहेको बेला प्रियाले ‘खान बस्न पैसा नलाग्ने र राम्रो कमाई हुने रेष्टुरेण्ट एण्ड गेस्ट हाउसमा काम लगाइदिन्छु’ भनेपछि उनले चिप्स कारखाना छाडिन् ।                                                                 

प्रियाले कोटेश्वरस्थित ‘होटल दिपलक्ष्मी एण्ड गेस्ट हाउस’मा उनलाई वेटरको काम गर्ने शर्तमा राखिदिइन् । साहुजीले मासिक ७ हजार तलव तोकेका थिए । शुरुमा केही दिन वेटरको काम गरेकी सपनालाई पछि डर, त्रास देखाएर ग्राहकसँग शारिरिक सम्पर्क राख्न बाध्य पारियो ।                                         

माइत बस्न थालेकी आमा र बहिनीमाथिको पारिवारिक जिम्मेवारी पूरा गर्न ०७६ कार्तिकमा उनी काठमाडौं आएकी हुन् ।                                                       

सामान्य अक्षर चिन्न नसक्ने आमा र बहिनीलाई हेरविचार गर्ने त्यो परिवारमा सपना बाहेक कोही थिएन । पढाइ छोडेर पैसा कमाउने सपना देखेर काठमाडौं आएकी उनको सपना कोटेश्वरको गेस्ट हाउसमा बन्धक बनाइयो ।

‘होटल दिपलक्ष्मी एण्ड गेस्ट हाउस’को बन्द कोठामा सपनाको मनमा आँधी, तुफान र पीडा मात्रै खेलिरहे ।                                                   

गेस्ट हाउसमा बन्धक बनाएर वेश्यावृत्ति गर्न बाध्य बनाइएकी सपनालाई ०७७ माघमा मानव वेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उद्दार गरेको थियो । अहिले उनलाई माइती नेपालको संरक्षणमा राखिएको ब्यूरोकी प्रमुख (एसएसपी) दुर्गा सिंहले रातोपाटीलाई बताइन् ।                                                                 

होटल संचालक र बिचौलिया पक्राउ
उनलाई गेस्ट हाउसमा लैजाने २५ वर्षीया बिकला बिक उर्फ प्रिया र गेस्ट हाउस संचालकलाई मानव बेचविखन अनुसन्धान ब्यूरोले पक्रेको छ ।                                         

कास्कीको पुम्दिभुम्दी–४ बाट वैशाख ९ मा प्रियालाई पक्राउ गरिएको ब्यूरोकी एसएसपी दुर्गा सिंहले रातोपाटीलाई बताइन् ।

होटल दिपलक्ष्मी एण्ड गेस्ट हाउसका संचालक ७२ वर्षीय देव बहादुर श्रेष्ठ उर्फ दीपलाई पनि चैत २२ मा ब्यूरोले पक्रेर अनुसन्धान गरिरहेको छ । देव बहादुर ललितपुरको गोदावरी नगरपालिका–११ का स्थानीय हुन् ।                                                                         

फेसबुक साथी बनाएर सपनालाई ति महिलाको बारम्बार म्यासेज गरेर रेष्टुरेन्टमा खानेकुरा ‘सर्भ’ गर्नुपर्छ तलव धेरै आउँछ भनेर जालमा पारेकी थिइन् ।

रेष्टुरेन्टमा काम सुरु गर्न थालेपछि सपनालाई धेरै पैसा कमाउने तरिका सिकाउन थालियो । मदिराको लतमा पारियो । त्यसपछि उनको काम सुरु भयो– ‘ग्राहकसँगै बसेर खाना खाने अनि बिल धेरै उठाउने ।’

विदेशबाट आएका र अन्य ग्राहकसँग यौनसम्पर्क राख्न बाध्य पारेपछि सपनाले साथीमार्फत प्रहरीलाई खबर गरेकी थिइन् ।                                                                    

घटना अनुसन्धानमा संलग्न ब्यूरोका प्रहरी अधिकृतका अनुसार काठमाडौंका थुप्रै खाजा घरहरुमा यस्ता क्रियाकलाप भइरहेका छन् ।   रातोपटी बाट साभार  नोट: यसमा समाबेश गरिएका तस्बिरहरु सिम्बोलिक मात्र हुन वास्तविक तस्बिरहरु होइन

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.