web analytics

प्रिशाको रहस्यमय मृत्यु: ‘न्यायको आवाज’ उठाउने युवाको निधनले समाजलाई झस्कायो

काठमाडौँ, वैशाख १९ — केही समयअघि आईआईटीकी छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको विरोधमा अग्रमोर्चामा उभिएकी वीरगञ्जकी प्रिशा शाहको मृत्युले समाजलाई स्तब्ध बनाएको छ।

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत २२ वर्षीय शाह बिहीबार साँझ कलेज होस्टेलको कोठामा मृत फेला परेकी हुन्। ओडिसास्थित स्थानीय सञ्चारमाध्यम ओटीभीका अनुसार घटनाको जानकारी पाउनेबित्तिकै प्रहरीले घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया अघि बढाएको छ।

प्रिशा केही महिनाअघि भारतमै मृत्यु भएकी नेपाली छात्रा प्रकृति लम्सालको न्यायको माग गर्दै आयोजित शान्तिपूर्ण प्रदर्शनमा अग्रपङ्क्तिमा उभिएकी थिइन्। सामाजिक सञ्जालमार्फत उनले पटक–पटक न्यायका लागि आवाज उठाउँदै आएकी थिइन्।

उनको मृत्युको कारणबारे आधिकारिक जानकारी आउन बाँकी भए पनि घटनाले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको मानसिक स्वास्थ्य, दवाव र सुरक्षासम्बन्धी विषयमा गम्भीर बहस जन्माएको छ।

शाहको निधनप्रति सामाजिक सञ्जालमा शोक व्यक्त गर्ने क्रम जारी छ। धेरैले न्यायको पक्षमा उभिएकी युवाले यति चाँडो जीवन अन्त्य गर्नु परेको घटनालाई गम्भीर रूपमा लिएका छन्।

प्रिशा शाहको निधनको कारण पत्ता लगाउन स्थानीय प्रशासन र कलेज प्रशासनबाट अनुसन्धान थालिएको बताइएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.