पुनर्वासबाट सुनका गरगहना र भारु पन्ध्र लाख सहित तीनजना पक्राउ
कञ्चनपुर, फागुन ५ ।
पुनर्वासबाट सशस्त्र प्रहरीले १५ लाख २८ हजार भारु नगद र गरगहना सहित तीनजनालाई शुक्रबार पक्राउ गरेको छ । पुनर्वासकाे वार्ड नं. ४ आनन्द बजार नजिक कार्गिल डाँडाबाट रकम र गहना सहित पक्राउ गरिएको हाे ।
सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्ट आनन्द बजार चेक पाेष्टमा चेक जाँचका क्रममा भारतीय रुपैया सहित सुनका गरगहना सशस्त्र प्रहरीले बरामद गरेकाे हाे । पक्राउ पर्नेमा कैलाली जिल्लाकाे गाेदावरी नगरपालिका ८ बस्ने २९ वर्षिय अमर भूल , साेहि ठाउँ बस्ने ३४ वर्षिय खडग सिँह भूल र डडेल्धुरा जिल्ला अालिताल गाउँपालिका ५ बस्ने विरेन्द्र सार्की पक्राउ परेका हुन । भारतकाे दिल्ली बाट नेपाल फर्कि रहेका उनीहरु लाई शंकास्पद मानी झाेला चेकजाँच गर्दा भारतीय रुपैया र सुनका गरगहना फेला परेकाे हाे ।
बरामद गरिएको गरगहना र भारतिय रुपैया राजश्व कार्यालयमा बुझाउने तयारी भईरहेकाे थापा चाेक बिओपी का सशस्त्र प्रहरी निरिक्षक रामराज खनालले बताउनु भयाे । बरामद गरिएको रकम र गरगहना भारतबाट चाेरी गरी ल्याएकाे हुन सक्ने सशस्त्र प्रहरीले जनाएको छ ।
Comments are closed.