web analytics

बेलौरीमा मध्यरातमा घरबाटै स्कुटी चोरी

कञ्चनपुर, २३ कार्तिक । कञ्चनपुरको बेलौरीमा पुनः चोर समूह सक्रिय भएको छ । गएराति मात्रै पनि बेलौरी नगरपालिका वडा नम्बर ६ हात्तीबोझाबाट एक जनाको स्कुटी चोरी भएको छ लालझाडी गाउँपालिकामा कार्यरत रेनु बडायकको हात्तीबोझा स्थित घरबाटै मध्यरातमा स्कुटी चोरी भएको हो । घरको बरण्डामा राखेको स्कुटी चोरी भएको र मध्यरातमा बाहिर आउँदा स्कुटी नदेखेपछि तुरुन्तै सुरक्षाकर्मीलाई जानकारी गराएको उहाँले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैसीले सुरक्षा संयन्त्र परिचालन गरी खोजीकार्य तीव्र पारिएको बताउनु भएको छ । पहेँलो-कालो रङ्गको सु.प.प्र. ०१-०१० प ९४७१ नम्बरको स्कुटी चोरी भएकोले कसैले देखेमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन पनि अनुरोध गरिएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.