web analytics

कञ्चनपुरका मकर योञ्जनको गायन कलाले मन्त्रमुग्ध काठमाडौ

काठमाडौ/ १५ असोज ।
कञ्चनपुरका मकर योञ्जनको गायन कलाले काठमाडौका नाम चलेका कलाकार समेत मन्त्रमुग्ध बनेका छ्न । गत सनिवार हिमालयन एचडि टिभिमा प्रशारण भएको भ्वाइस अफ नेपाल सिजन टुको दोश्रो एपिसोडमा योञ्जनले गीत गाएर चारै जना जजहरुको मन जित्दै कुर्सी घुमाउन बाध्य बनाएका थिए । जजका कुर्सीमा बसेका राजेश पायल राई, उदय सोताङ्ग, मिलन नेवार,प्रमोद खरेलले आफू बसेको कुर्सी घुमाएर गायक योञ्जनको गायन क्षमताको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।
पुनर्वास नगरपालिका २, दशरथ बस्तीका स्थायी बासिन्दा गायक योञ्जन काठमाडौमा संघर्षरत छ्न । पुनर्वास ३ स्थित जनकल्याण मा.वि. बाट अध्ययन गरेका योञ्जनले भारतको सुरत शहरबाट संगीतमा स्नातक गरेका छ्न ।
भारतमा लामो समय संगीत साधना गरेपछि आफ्नै देशमा केही गर्ने योजना बनाएर फर्केका गायक योञ्जन हाल काठमाडौमा बसी गायन कर्मलाई निरन्तरता दिइरहेका छ्न ।
आमाबाबुको मृत्यु,कमजोर आर्थिक अवस्था जस्ता कठोर परीक्षालाई छिचोल्दै गायन यात्रालाई अगाडि बढाएका गायक योञ्जन संगीतलाई नै आफ्नो सम्पूर्ण कुरा मान्छ्न। बेलाबेलामा आफ्नो गाउँ पुनर्वास आएर आफ्ना बालसखाहरुलाई भेटन रुचाउँने गायक योञ्जनले सम्पूर्ण सुदूरपश्चिमबासीबाट सपोर्ट पाउने आशामा छ्न ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Below Article Content Ads

Comments are closed.